कृषिलाई व्यवसायिक बनाइदै छ ः सुवेदी

कृषिलाई व्यवसायिक बनाइदै छ ः सुवेदी

दैलेख, चैत १९ – बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले कृषिलाई व्यवसायिक बनाउन सरकारले लगानी बढाएको बताएका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख सदरमुकाममा आज आयोजना गरेको सेवा प्रवाह सम्वन्धी वहस बैठकमा उनले यस्तो धारणा राखेका हुन् । Agri Bahash (2)
सेवाग्राहीहरुका थुप्रै जिज्ञासा र प्रश्नहरुको जवाफ दिंदै कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउन हाते ट्रयाक्टर लगायतका उपकरण, उन्नत जातका बीउविजन र अरु थप अनुदानका कार्यक्रम दिइएको तर सरकारले सोचे जस्तो कृषिलाई व्यवसायिक बनाउन नसकिएको सुवेदीले बताए ।
बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले परम्परागत खेती प्रणाली, युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन हुने गरेको अवस्था, सीमित श्रोत साधनको कारण सिचाईं सुविधा पु¥याउन नसक्दा आशा गरेजस्तो प्रगति नभएको प्रष्ट्याए ।
त्यसबखत विद्यालय निरीक्षक शान्ति बिष्टले यो वर्ष शैक्षिक सत्रको सुरुमै सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्ने बताइन् । अघिल्लो वर्ष कक्षा ९ को नयाँ पाठ्यक्रम लागू हुँदा देशभरले अभाव भएको घटनाले यस वर्ष सावधानीपूर्वक समयमा पाठ्यपुस्तक उपलब्ध गराउने जिल्ला शिक्षा कार्यालयले लक्ष्य लिएको उनले जानकारी दिइन् । Agri Bahash (1)
कार्यक्रममा सेवाग्राहीले उठाएका प्रश्नमा महिला विकास अधिकृत अनिता ज्ञवालीले दैलेखमा बालविवाह विकराल समस्या रहेकोले सबैको साझा पहलबाट आवश्यकता औल्याइन् । बालविवाहले समाजका सबै पक्ष र क्षेत्रलाई असर पार्ने भएको कारण सामुदायिक प्रयास जरुरी हुने उनको भनाई छ ।
जिल्ला पशु सेवा कार्यालयका स्थानीय समस्याहरुका विषयमा स्थानीयले उठाएका प्रश्नहरुमा बरिष्ठ पशु चिकित्सक डा. शितलबाबु श्रेष्ठले कृषिको एक अभिन्न अङ्ग र बढी मुनाफा कमाउन सकिने भए पनि कृषकहरुले अपेक्षाकृत फाइदा लिन नसकेको बताए । प्राविधिक जनशक्तिको अभाव भएकै कारण जिल्ला पशु सेवा कार्यालयले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरु करारमा पठाएको उनले जानकारी दिए ।
मानवअधिकार निगरानी समूह लाँकुरीका सदस्य सुनिता थापाको अध्यक्षतामा भएको कारर्यक्रममा इन्सेकको इएलपी कार्यक्रमले सेवाग्राहीलाई अधिकारप्रति सचेत पार्न गरेका काम र सेवाप्रदायकसंगको समन्वयमा गरेको बढावा क्रियाकलाप बारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया