सकारात्मक अभिभावकत्व र मनोसामाजिक विमर्श तालिम सम्पन्न

सकारात्मक अभिभावकत्व र मनोसामाजिक विमर्श तालिम सम्पन्न

ज्वाला सन्देश सम्वादाता
दैलेख–सकारात्मक अभिभावकत्व र मनोसामाजिक विमर्शको कुरा गरिरहेको बेला अधिकाँस सहभागीका आखाँ रसायका थिए । त्यस्तो अभिभावक होस जसले आफ्नो बच्चाले गरेको जिद्धीलाई सकारात्मक रुपमा सम्झाउन सकोस । तर, त्यसो गरिदैन् । गल्ति वा जिद्धीको औषधी अधिकाँस अभिभावकले बालबालिकालाई पिट्नु बाहेक अरु केही देखेका हुदैनन् । मनोसामाजिक विमर्शको तालिममा सहभागीले विगतमा बच्चालाई कुटेको सम्झिदै आयन्दा फेरी त्यस्तो गल्ति नगर्ने प्रतिवद्धता जनाएका छन् । Dullu-sahayatra
सकारात्मक अनुशासन र मनोविमर्शको सहायताले घर परिवार तथा विद्यालयमा बालबालिकालाई सहयोग पु¥याउने उद्धेश्यका साथ सञ्चालन गरिएको तालिममा दुल्लु नगरपालिका वडा नं ८ स्थित हनुमान आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो । तालिमको सहभागी सुमित्रा विष्ट भन्छिन् मेरो बच्चा साह्रै जिद्धी गर्छ । विद्यालय जादा होस वा खाना खादा कहिल्यै राम्रो सँग मान्दैन् । धेरै सम्झाउछु त्यति गर्दा पनि नमाने पछि पिट्ना शुरु गर्छु । तर यो तालिमले मेरो आखा खोलि दिएको छ । बालबालिकालाई कुट्नु मात्रै त्यसको उपचार रहेन्छ । बच्चाले अहिले पनि जिद्धि ग¥यो भने एक छिन् चुप्प बस्छु त्यस पछि उ रुन आफ्ै बन्द गर्ने विष्टको भनाई छ ।
विगतमा छोरा छोरीलाई पिट्दा आफुलाई अहिले नरमाइलो अनुभव भएको गंगा सुनारले बताईन् । उनले थपिन, साना केटा केटी हुन जिद्धि गर्छन् त्यो जिद्धि हामी पनि गथ्र्याै । साना नानी बाबुहरुलाई पिट्यो भने कस्तो असर पर्छ भन्ने हामीलाई जानकारी थिएन् । बच्चा रोएको वा जिद्धि गरेको बेला त्यसलाई सम्झाउने अरु पनि तरिका रहेछन् हामीलाई के थाहा सुनारको भनाई थियो ।
विद्यालयमा बालबालिकाहरु कुटिन् छन् त्यसको असर दिर्घकाल सम्म रहिरन्छ । एकातिर उसको विद्यालयमा अध्ययन गर्ने मनस्थिती बन्दैन भने अर्काे तिर घाउ चोटपटक पनि लाग्न सक्छ । त्यसैले बालबालिकालाई सजाय दिनुको सट्टा त्यसको मनोवैज्ञानिक उपचार खोज्नु पर्ने दैलेख स्थित सेभ द चिल्ड्रेनका बाल अधिकार शासन तथा बाल संरक्षण अधिकृत विनु श्रेष्ठको भनाई छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहयात्रा परियोजनाका परियोजना अधिकृत निर्मल अधिकारी भन्छन् बालबालिकाहरुको आवश्यकता र चाहाना के हो त्यो अभिभावकले छुट्याउन सक्नु पर्दछ । आवश्यकता उसको अधिकार हो । तर चाहना पुरा हुन पनि सक्छ नहुन पनि सक्छ । त्यसैले उसका आवश्यकताहरु बुझेर अभिभावकले पुरा गर्नुपर्ने अधिकारीको भनाई थियो ।
तालिमको आयोजना सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीतामा सहयात्रा परियोजनाले गरेको थियो ।

प्रतिक्रिया