कुखुरापालनमा रमाउदै तुलाराम

कुखुरापालनमा रमाउदै तुलाराम

जीवराज रेग्मी
दैलेख, साविकको द्धारी १ का तुलाम लामीछानेलाई १ वर्ष अगाडी विहान खाए वेलुकी के खाउ र वेलुकी खाए विहान के खाउ भन्ने समस्याले सधै पिरोली रहन्थ्यो । घरमै वसेर कमाउने केही साधन थिएन् । भएको थोरै जग्गा सिंचाईको अभावले बाझै हुन्थ्यो । अनि तुलामको यात्रा शूरु हुन्थ्यो कमाउन भारत तिर ! राम्रो भएको वर्ष केही पैसा ल्याउथे । राम्रो भएन् भने आतेजाते गाडी भाडा ठिक्क हुन्थ्यो । News_Tularam_Naumule
घरमा पकाउने केही नभए पछि उनकी श्रीमती धनसरा लामिछाने चुलोमा आगो बाल्न पनि मुश्किल मान्थिन । तर बाध्यता थियो आगो नबालि नहुने । दुई जनाको सानो परिवार विहान वेलुकाको गर्जाे टार्न र श्रीमतीको एकसरो कपडा फेर्न श्रीमान विदेश जानुपर्ने बाध्यता ! यसै गरी तुलारामले ४० औ वषन्त विताए । तर अर्काे विकल्प उनी सँग केहि थिएन् ।
उनी भन्छन् धेरै समय सोचे भारत नगै आफ्नै ठाउमा केही गर्नु पर्छ भनेर । जवानीमा भएको बल र रगतले विदेशमा पसिना बगायो भने बुढेशकालमा जीन्दगी जीउन गाह्रो हुन्छ भन्ने थाहा थियो तर के गर्नु गाउमा अवसर नपाए पछि विदेशिनु बाध्यता रहेछ । एकातिर सीप थिएन, अर्काे तिर पैसाको अभाव ।
उनले गाउमै केही गर्नका लागि सम्भावना खोजीरहेका थिए । जनजाती वस्ति चिसो ठाउ । खसिको मासु खाना महङ्गो । बोइलर कुखुरा पालनबाट राम्रै आम्दानी हुने सम्भावना देखे । सरसपाट गरेर पैसा जुटाए तर उनीसँग व्यवसायीक रुपमा बोइलर कुखुरा पालनका लागि अनुभवको अभाव थियो ।
नौमुले बजारमा सेवक नेपाल द्धारा सञ्चालित पहल कार्यक्रमले दलित, जनजाति र विपन्न परिवारको लागि व्यवसायीक कुखुरापालन तालिमको आयोजना गरेको थियो । उक्त तालिममा तुलाराम पनि छनौट भए । उनी भन्छन् जुन दिन मैले तालिम लिए त्यो दिन मैले सोचेको सपना सबै पुरा भएको अनुभव गरे । तालिम लिइसकेपछि ५० हजार लगानी गरेर उनले शुरु गरे व्यवसायीक कुखुरापालन ।
अहिले तुलारामको दैनिकि विहान ४ बजे देखि शुरु हुन्छ । उनको विहान कुखुरालाई दाना, पानी र सरसफाईमै वित्छ । तुलाराम भन्छन् म कुखुरा सँगै रमाउछु र कुखुरा सँगै खेल्छु । कुखुरापालनका लागि चर्काे ब्याजमा ल्याएको ऋण सबै तिरी सके र उनको आम्दानी दैनिक बढीरहेको छ । तालिम नपाएको भए कमाउन भारत जानुको विकल्प नभएको बताउने उनी भन्छन् अब केही गर्नु छ त गाउमै गरिन्छ । अब उनको सपना सडकको छेउमा सानो घर बनाएर बाकी जिवन सन्तोषले निर्वाह गर्ने मात्रै रहेको छ ।

प्रतिक्रिया