दैलेखमा ४० प्रतिशत भन्दा वढि योजना सम्पन्न

दैलेखमा ४० प्रतिशत भन्दा वढि योजना सम्पन्न

महेन्द्र सापकोटा दैलेख २८ चैत्र–दैलेखमा चालु आर्थिक वर्षमा संचालित जिल्ला समन्वय समिति अन्तरगतका ४० प्रतिशत भन्दा वढि योजनाहरु सम्पन्न भएका छन् । अनुगमनको क्रममा जिसस मार्फत संचालन गरिएका जिल्लाका केहि योजनाहरु सम्पन्न भएपनि अधिकांस योजनाहरुको काम शुरु गरिएको पाइएको छ ।

अनुगमनको क्रममा दह तिलेपाटा सडकको निरीक्षण र निर्देशन दिदै जिसस दैलेखका ईन्जिनियर हीरासिंह थापा
अनुगमनको क्रममा दह तिलेपाटा सडकको निरीक्षण र निर्देशन दिदै जिसस दैलेखका ईन्जिनियर हीरासिंह थापा

जिल्ला समन्वय समिति दैलेखका अनुसार जिल्लामा ९८ प्रतिशत योजनाहरुको सम्झौता भएर काम शुरु गरिएको भएपनि दुई चार वटा योजनाहरु मात्र सम्झौता हुन वाकि रहेका छन् । जिसस मार्फत सञ्चालन गरिएका ३ सय ४५ योजना मध्ये केहि ठाउँका योजनाहरु सम्पन्न भइसकेको छ भने अन्य योजनाहरुको काम धमाधम भएका छन् । जिल्ला समन्वय समिति दैलेख मार्फत ग्रामिाण भेगमा सिचाई, खानेपानी, विद्यालय, सडक र वालविकास केन्द्र लगायत योजनाहरु संचालन गरेको छ ।
जिविसका कर्मचारी प्राविधिकले मात्र अनुगमन गरेर प्रभावकारी नहुँने भएकाले सर्वपक्षिय टोली बनाएर जिल्लाभर एकै साथ अनुगमन गरिएको जिसस दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले बताए । ‘सम्झौता अनुसार काम भएकि भएनन् र सम्झौता भएका योजनाहरुको फरफारक गर्न सजिलो हुने भएकाले योजना स्थलमा पुगी अनुगमन गरिएको हो’ स्थानीय विकास अधिकारी पन्थीले भने, ‘अनुगमन टोलीले कामको मूल्याकन गरी सिफारिस गरेपछि मात्र भुक्तानी दिईने छ ।’ काम नसकिदै विल मिलाएर खाने परिपाटीको अन्त्यका लागि अनुगमनले टेवा दिने उनको भनाई छ । आठबीस नगरपालिकाकामा संचालित योजनाहरुको अनुगमनको क्रममा जिल्ला समन्वय समिति दैलेखका इन्जिनियर हीरासिंह थापाले सम्झौता अनुसार काम गर्न उपभोक्ताहरुलाई सुझाव दिएका छन् । यदि सम्झौता अनुसार काम नभए योजनाहरुको भुक्तानी दिन नसकिने चेतावनी दिए । अनुगमनमा नेपाली काँगे्रस दैलेखकी प्रतिनिधि सिताकुमारी रानाले योजनाहरुको पैसा कतै कहिवाट चुहावट हुन नदिई गुणस्तरीकाय काम गर्न उपभोक्ता समितिहरुलाई आग्रह गरेकी छन् । राप्रपा दैलेखका प्रतिनिधि गंगाराम वस्नेतले आफ्ना वस्तीहरुको विकासलाई प्रभावकारी रुपमा काम गर्न सुझाव दिए ।

प्रतिक्रिया