बाल क्लवका पदाधिकारीको लागि ः क्षमता विकास तालिम सञ्चालन

          |   प्रकाशित मितिः सोमवार, चैत्र २८, २०७३     ::: 432 पटक पढिएको   |  

दैलेख, बाल क्लवका पदाधिकारीहरुको क्षमता विकास गर्ने उद्धेश्यले बाल सञ्जाल र गाउ बाल संरक्षण तथा सम्बद्र्धन समितिका सदस्यहरुको लागि अनुशिक्षण, सीप विकास तथा क्षमता अभिबृद्धि तालिम आज देखि सञ्चालन भएको छ । तीन दिन सम्म सञ्चालित उक्त तालिमको आयोजना महिला तथा बालबालिका कार्यालयले गरेको हो । Bal club Bal club 1
तालिमले बालमैत्री स्थानीय शासनको बारेमा जानकारी गराउन सहयोग गर्ने महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता ज्ञावलीको भनाई थियो । दैलेख र नेपालका बालबालिकाको अवस्था के कस्तो रहेको छ भन्ने कुरा तालिमबाट सहभागीले जान्न पाउने उनले बताईन् ।
चेतनशिल बाल क्लव कुसापानीका अध्यक्ष तथा जिल्ला बाल सञ्जालका सह सचिव जीवन सुनारको अध्यक्षतामा उद्घाटन् कार्यक्रम सञ्चालन गरिएको थियो । तालिममा करिब साविकको ४० गाविसका बाल क्लवका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।



Leave a comment

Your email address will not be published.


*