बाल विवाह विरुद्ध सडक नाटक

बाल विवाह विरुद्ध सडक नाटक

एच.एस. थापा
दैलेख–वाल विवाह न्यूनिकरणका लागि जनचेतना जगाउने उद्धेश्यले जिल्लाको ग्रामिण क्षेत्रमा बाल विवाह विरुद्धको सडक नाटक सम्पन्न भएका छन् । उक्त सडक नाटक सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक सहयोगमा साविकको राकमकर्णाली गाविसमा रहेको बाल क्लवले प्रदर्शन गरेको थियो । Child Mirrage Rakam4 Child Mirrage Rakam3 Child Mirrage Rakam1 Child Mirrage Rakam
सानै उमेरमा विहे गरेपछि बच्चा छिटै जन्माएर हुर्काउन सकिन्छ भन्ने समाजमा रहेको गलत मान्यताले गर्दा वाल विवाह अझै न्यूनिकरण हुन सकिरहेको छैन् । अर्काेतिर आधुनिक प्रविधिको गलत प्रयोग र साथीभाईको देखासिकिले गर्दा पनि वाल विवाह हुने गरेका छन् । साविकको राकमकर्णाली गाविसका सामाजिक अभिन्ता खगेन्द्र शाही भन्छन् हाम्रो समाजमा रहेको परम्परावादी सोचाईमा परिवर्तन नआए सम्म वालविवाह न्यूनिकरण असम्भव छ । तर, अभिभावक र किश्वर किश्वरी शिक्षाको माध्यमबाट वालविवाहलाई न्यूनिकरण आवश्यक देखिन्छ ।
वाल विवाहले समाजमा ठुलै विकृति फैलिएको छ । आमा तथा शिशुको स्वास्थ्यमा समस्या हुनुका साथै वहु विवाह, सम्बन्ध विच्छेद जस्ता दिर्घकालिन समस्याहरु वाल विवाहलेनै निम्त्याएका विकृति हुन । यसलाई समयमै रोकथाम गर्न नसक्ने हो भने दिर्घकालिन असर झन खतरा हुनसक्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका संस्थापक अध्यक्ष हीरासिँह थापा बताउछन् । उनी भन्छन् वाल विवाह न्यूनिकरणमा सहयोग गर्नु सबै सचेत नागरिकको कर्तव्य हो ।
सडक नाटकले समुदायमा सकारात्मक सन्देश फैलाउन सफल भएको क्लवका अध्यक्ष केशर माझीले बताए । उनी भन्छन् सडक नाटक हेरीरहदा कतिपय विवाहित जोडीले पश्चाप व्यक्त गरे । वाल विवाहबाट हुने असरका बारेमा जानकारी नभएर गलत गरियो अब बाल बालिकाको विहे, उमेर पुगेपछि मात्रै गर्ने निधो स्थानीयले गरेका छन् । सडक नाटक राकम कर्णालीकै भेल्तडी, खोलीबजार, तारबजार लगायतका स्थानमा प्रदर्शन गरिएको थियो । दर्शकहरुले उक्त सडक नाटक रुचाएका कारण जिल्लाको अन्य स्थानमा पनि प्रदर्शन गरिदिन माग गरेका माझीको भनाई छ ।

प्रतिक्रिया