किन बनेन गिताचौर-रावतकोट सिँचाई आयोजना ?

किन बनेन गिताचौर-रावतकोट सिँचाई आयोजना ?

दैलेख, वैशाख ८ । सिचाई कुलो आयोजना सुरु भएको ३१ वर्षसम्म पनि दैलेखमा निर्माण हुन सकेको छैन् । दैलेखको गिताचौर–रावतकोट सिंचाई आयोजा तत्कालनी राजा विरेन्द्रको ठाडो आदेशमा सुरु भएको हो ।
वर्षेनी बजेट खन्याईएपनि आयोजना सम्पन्न हुन सकेको छैन् । सिंचाइ डिभिजन कार्यालयले प्रत्येक वर्ष उक्त आयोजनाका लागि टेन्डर खोल्ने गर्दछ । अहिलेसम्म उक्त आयोजनामा करिब ४ करोड ८ लाख रकम खर्च भैसकेको सिचाई डिभिजन कार्यालय दैलेखले जनाएको छ । ३१ वर्ष पहिले मुहानतिर बनाईएको कुलो अहिले जिर्ण अवस्थामा पुगेको छ । ३१ वर्षअघिदेखी निर्माण सुरु गरिएको आयोजना क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठुलो हो । सिचाई डिभिजन कार्यालय सुर्खेतमा हुदाका काम गर्ने कामदारले ज्याला पाउन सकेका छैनन् । तर, दैलेखमा डिभिजन कार्यालय दैलेखमा आएसंगै काम भैरहेको जनाईएको छ । विगतमै उपभोक्ता समिति र ठेकेदारकै लापरवाहीले सिचाई कुलो सम्पन्न हुन नसकेको आरोप डिभिजन कार्यालयका प्रमुख तारा वाग्लेले लगाए ।
सरकारले सिचाई डिभिज कार्यालय मार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने र ठेकेदारले काम नसक्ने कारणले पुरानो योजना लथालिङ्ग अवस्थामा पुगेको हो । निर्माण कम्पनी स्वच्छन्द÷प्रदीप जेवी सुर्खेतले काम गर्दागदै भागेपछि दैलेखको महत्वकांक्षी सिचाई योजना अलपत्र परेको हो । सिचाई योजना १४ किलोमिटर लम्वाई रहेको रहेको छ । ६ करोड ३० लाख लागतमा बनाईन लागेको सिचाई डिभिजन कार्यालय दैलेखका डिभिजन प्रमुख तारा वाग्लेले बताए । सिचाई डिभिजन प्रमुख वाग्लेले भने, सवैको सहयोग र बजेट भए किसानको सपना पुरा हुन्छ । यहा २ वर्षदेखी पाईप साइफनको काम निर्माण समिति मार्फत ४० लाखमा गरिएको छ तर उपभोक्ता समितिका अध्यक्ष तिलकप्रसाद रिजाल भने ४० लाखमा ८ लाख मात्र पाएको बताउछन ।
वर्षेनी थोरैथोरै बजेट विनियोजन हुुनुले पनि यहाँका किसानहरु ३० वर्षदेखी सिंचाईको सपना बुनिरहेका हुन् । दैलेखका रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसका कृषकहरुका ४ सय ३६ हेक्टर खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पु¥याउने उद्देश्यले ((२०४२) सालदेखि यसको निर्माण थालिएको हो । (२०२२) सालबाट सुरु गरि १८ वर्ष लामो विस्तृत सर्वेक्षण पश्चात आयोजनाको निर्माण कार्य (२०४३) सालबाट सुरु गरिएको थियो ।
निर्माण सम्बद्ध पक्षले सिंचाईका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्धन्द्धको कारण जनाउ“दै बिच बिचमा आयोजनाको निर्माण कार्य रोकेको थियो । सुरुका वर्षमा पानीको स्रोत नपुग्ने भन्दै सिंचाई कार्यालयले सवा दुई करोडको काम बिचैमा रद्द गरेको थियो । कामै सम्पन्न नगरि बजेट सिध्याउनलाई उपभोक्ता समिति र ठेकेदारहरुले उपभोक्ताले सहयोग नगरेको कारण देखाएपछि करिव ६ वर्ष काम रोकिएको स्थानिय बताउँछन् ।
तत्कालिन सिंचाई कार्यालयले (२०४७ )सालमा पुनःटेण्डर आव्हान गरि काम सुचारु गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ता बिचको मिलेमतो कारण आधा काम गरी सम्पन्न भएको फरफारक गरि प्रतिवेदन बुझाँउने गरेको रावतकोटका स्थानीयहरुको गुनासो छ । आयोजनाको प्रारम्भिक चरणका कामै नगरि (२०४९) देखि (२०५६) सालसम्म २ करोड ९७ लाख खर्च भैसकेको जनाईएको छ ।
आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीतिअनुसार स्थानीयले शेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि (२०५५) सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी राखे तर सिंचाई कुलो बनेको यस चरणमा पनि देख्न पाएनन् । ‘खेतमा अव सिचाई सुविधा होला भनेर घरका गहरगहना, पशुचौपाया बेचेर शेयर लगानी ग¥यौं’ उपभोक्ता समितिका अध्यक्ष तिलकप्रसाद रिजालले भने, ‘२ वर्षमा सक्नुपर्ने योजना ३० वर्ष बितिसक्यो अझै पुरा भएको छैन् । योजनालाई सवैले दुहुनो गाई जस्तै बनाए ।’
आयोजनाको बेलीबिस्तार सुनाउ“दै उनले भने असफल योजना भनेर विभागमा फाईल थन्किएकोे थियो । आम उपभोक्ताको दबाबमा फेरी टेण्डर आव्हान भएको हो । योजना सम्पन्न हुनुपर्ने उपभोक्ताको चर्को आवाज उठेपछि २(०५६) सालमा तत्कालिन जिविस बोर्डले १५ दिन श्रमशिविर चलाएको थियो ।तर, त्यसयता उपभोक्ताबाट श्रमदान कम भएकाले योजना ढिलासुस्ती हुनुको कारण भएको जानकारहरु बताउँछन् । तत्कालिन जिविस सभापती सहितका पदाधिकारीहरुले आयोजना स्थलमै आएर एक दिन श्रम गरेका थिए । त्यसलगत्तै माओवादी द्धन्द्धको कारणले काम रोकिएको थियो । निर्माण कम्पनीले सन्तोषजनक काम नगरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया