बाफीयामा लालमोहर लागेपछि हल्लीयो बैंकिङ क्षेत्र

बाफीयामा लालमोहर लागेपछि हल्लीयो बैंकिङ क्षेत्र

आरपी पौडेल / बाफीयामा लालमोहर लागेपछि बैंकिङ क्षेत्र हल्लीएको छ । अब बाफीया संशोधन हुने आशा पूरै टरेको छ । जसकारण बैंकर्सको समय अवधि, बैंक संचालन समिति अध्यक्षको समय अवधि तथा एउटै व्यक्ति बैंक र इन्स्योरेन्सको संचालक हुन नपाउने अबस्थाले बैंकिङ क्षेत्र हल्लीएको हो ।  बाफीयामा आइतबार राष्ट्रपति विद्या भण्डारीले प्रमाणकरण गरेपछि अब कार्यान्वयनमा आएको छ । बैंकिङ क्षेत्रमा कतीपय सिइओहरु पुराना भएका छन् । जसको २ कार्यकाल अवधि सकिन लागेको छ । त्यसैगरी धेरैजसो बैंक संचालकहरु बीमा कम्पनीका पनि संचालक भएकाले उनीहरु एउटा कम्नीमा मात्रै रहनुपर्ने छ । bafiya-2

संसदबाट पारित भएको लामो समय पछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाफिया विधेयकमा हस्ताक्षर गरेर प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण भएसंगै बाफिया अब कार्यान्वयनमा आएको छ । बैंकिङ कारोबार गर्दा अब बाफिया ऐनमा टेकेर गर्नुपर्ने हुन्छ । २०७३ मंसीर ५ गते सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकलाई संसदको अर्थ समितिले टुंगो लगाएको थियो । राष्ट्रपतिबाट प्रमाणिकरण भएको बाफियाको महत्वपूर्ण ८ बुँदालाई यहाँ उल्लेख गरिएको छ ।

क. बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा १० बर्ष बैंक वित्त कम्पनिमा काम गरेको अनुभव हुनुपर्ने छ । कुनै पनि विषयमा स्नातक तह अध्ययन गरेको भएमा ५ बर्ष अनुभव भएको हुनुपर्ने छ । अर्थशास्त्र, बाणिज्य तथा लेखा विषयमा स्नातकोत्तर गरेको व्यक्ति भने सोझै बैंकवित्त कम्पनिको संचालक बन्न पाउने छ ।  

ख.  बीमा कम्पनिका संचालक बैंकको संचालक बन्न नपाउने व्यबस्था छ ।

ग.  दश बर्षपछि संस्थापक शेयरलाई राष्ट्र बैंकको अनुमति लिएर साधारण शेयरमा परिवर्तन गर्न सकिने छ । 

घ. बैंक तथा वित्तीय संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियूक्ति लगातार २ कार्यकाल मात्र हुन पाउने व्यबस्था छ । संचालक मात्रैको हकमा कार्यअवधि खुलाइएको छैन ।

ङ. अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकालको समय अवधि ४ बर्षको हुने छ । 

च. संबैधानिक पद धारणा गरेको व्यक्ति बैंकको संचालक, प्रमुख कार्यकारी अधिकृत वा अध्यक्ष हुन पाउने छैन ।

छ. आफु संलग्न रकेको बैंक वित्त कम्पनिबाट ऋण लिन पाइने छैन । 

ज. ‘घ’ बर्गका लघुवित्त कम्पनिहरुले बैंक लेख्न पाउने छैनन् । उनीहरुले लघुवित्त वित्तीय संस्था भनेर लेख्नुपर्ने छ

साभार ः वैंकिडखवर

प्रतिक्रिया