कालापहाड जानेका बालबालिका पढाईमा कमजोर

कालापहाड जानेका बालबालिका पढाईमा कमजोर

दैलेख, वैशाख १७ – दैलेख सदरमुकामको छेवैमा भूर्ती गाउँ जहाँ दलित समुदायको बाक्लो बस्ती छ । बस्तीको बीचै भागमा १० कक्षासम्म अध्यापन हुने रेडक्रस मावि भूर्ती अर्थात सरकारी विद्यालय छ । इन्सेकले आज वैशाख १७ गते आयोजना गरेको ‘विद्यार्थी र विद्यालय सवाल विषयक अन्तरक्रिया कार्यक्रममा दलित बालबालिकाको पढाई अत्यन्तै कमजोर भएको प्रमुख समस्याको रुपमा उठेको छ । bidhyalaya sabal karyakaram (2) bidhyalaya sabal karyakaram (1)
नयाँ शैक्षिक सत्र सुरु भएकै दिन भएको सो अन्तरक्रियाका क्रममा रेडक्रस मावि भूर्तीमा भर्ना भएका २ सय ४६ जना बालबालिका मध्ये झण्डै डेढ सय दलित बालबालिका अध्ययन गर्ने तर सबैजसोको पढाई कमजोर भएको अन्तरक्रियामा सहभागी शिक्षक, अभिभावक र विधार्थी समेतले स्वीकार गरेका छन् ।
आफैले सानैमा पढाई छोडेर कालापहाड वा भारतका सहरमा होटल तथा उद्योगहरुमा मजदूरी गर्दै घरखर्च धान्ने गरेका पुरुष अभिभावकहरु भारतमै बस्ने भएका कारण बालबालिकाको पढाई कमजोर भएको महिला अभिभावकको भनाई छ । अन्तरक्रिया कार्यक्रममा सहभागी तारा नेपालीले भनिन् ‘पुरुषहरु घरमा हुदैनन्, महिला अभिभावकलाई बालबालिकाले टेर्दैनन् ।’
पुरुष अभिभावकले सिकाए अह्राएको अलि बढी मान्ने तर महिला अथवा आमाले स्वभावैले प्रेमभाव प्रकट गर्दा केही बालबालिकाहरु अटेरी हुने गरेको मनोविज्ञानको प्रभाव र भूर्तीमा दलित पुरुषहरु धेरैजसो भारत प्रवासमा बस्ने घरमा भएका पुरुषहरुले पनि मजदूरीमा बढी समय दिएको कारण बालबालिकाको रेखदेख कम भएकोले पढाई कमजोर हुन गएको विद्यालयकी शिक्षक भरतकुमारी आचार्यले बताइन् ।
अभिभावकको गरिबीको कारण बालबालिकाहरु पनि पढाई छोडेर मजदूरी गर्न वाध्यताले पनि रेडक्रस माविमा पढ्दै गरेको दलित बालबालिकाले पढाई छोडेका, कक्षा दोहो¥याउने गरेका र कक्षाबाट भाग्ने गरेका शिक्षक आचार्यले सुनाइन् ।
विद्यालयमा प्रयाप्त शिक्षक दरबन्दी नभएको कारण निजीश्रोतका शिक्षक राख्नु परेको तथा खर्च व्यहोर्न सक्ने आन्तरिक श्रोत नभएको र समाजका शिक्षित तथा आर्थिक स्तर उठेका सामाजिक अगुवाहरु बस्ती सर्ने प्रचलनले भूतीको आर्थिक सामाजिक अवस्था सुधार हुन नसकेको विद्यालयका प्रधानाध्यापक हिरामणी न्यौपानले बताए ।
झण्डै २ हजार जनसंख्या रहेको भूर्ती घनाबस्तीको गाउँमा क्षेत्री, बाहुन सबैजसोका बालबालिका बोर्डिङ्गमा पढ्ने भएका कारण सरकारी विद्यालयमा पढ्ने दलित बालबालिका मात्रै छन्, यो अघोषित सत्य हो । रेडक्रस माविले कार्यक्षेत्रमा गरेको सर्वेक्षणमा झण्डै १० प्रतिशत भन्दा दलित विद्यालय भर्ना हुनुपर्ने बालबालिका विद्यालय आएका छैनन् ।
शिक्षाका लागि खाद्य कार्यक्रमले नगर क्षेत्रमा परेको भन्दै दिवाखाजा रोकेपछि ह्वात्तै घटेको दलित बालबालिकाको भर्ना दर विद्यालय प्रशासनको जोडबलले काम गर्न सकेको छैन । ‘विद्यालयमा खाजा छैन, दिउँसो भोक लाग्यो भन्दै रुदै बालबालिका घर पुग्छन्’ निरक नेपालीले भने ।
कडा शारीरिक परिश्रम गरी कमाएका अभिभावकले मदिरा जस्ता फजुल खर्च घटाउने, बालबालिकाको नियमित रेखदेख, बालबालिकाको पढाईको अवस्था बारे विद्यालय प्रशासन तथा अभिभावकवीच निरन्तर छलफल जरुरी छ । तर विपन्नताकै कारण विद्यालय छोड्ने दलित समुदायका बाहुल्यता रहेको यो यस्ता जोखिम विद्यालयमा दिवाखाजाको विकल्प खोज्नु पहिलो आवश्यकता हो ।

प्रतिक्रिया