यीनै हुन् म्याग्दीमा काँग्रेसको खाता खोल्ने गर्बुजा

यीनै हुन् म्याग्दीमा काँग्रेसको खाता खोल्ने गर्बुजा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष भएका हुन् । गर्बुजाले म्याग्दीमा काँग्रेसको खाता खोलेका छन् ।garbuja_news

जनता माद्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका गुर्बजाको निर्विरोध चयनले काँग्रेस कार्यकर्ता उत्साही भएका छन् । म्याग्दीमा काँग्रेसको विजयी खाता खोल्ने गुर्बजाले आफुलाई जनताले दिएको सम्मानको गुन तिर्न अहोरात्र खट्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, ८ नम्बर वडा कुईनेमँगलेबाट काँग्रेसकै वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रीति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाम्रा कुरामा समचारछ ।

प्रतिक्रिया