दलहरुले टि सर्टमा खर्च गरे २५ लाख

दलहरुले टि सर्टमा खर्च गरे २५ लाख

दैलेख, वैशाख २० । चुनावका लागि दैलेखमा दलहरुले टि सर्टमा मात्र करिब २५ लाख रुपैयाँ खर्च गरेको तथ्यांकले देखाएको छ । दैलेख सदरमुकामस्थ्ति सेभेन स्टार फेन्सी पसलबाटमात्र करिब १५ लाख रुपैयाँ बराबरको टि सर्ट र पार्टीको झण्डा विक्रि भएको छ । t shirt
काँग्रेस र एमालेको चुनाव चिन्ह अंकित टि सर्ट करिब ७ हजार थान विक्री भएको सेभेन स्टारका सञ्चालक मनोज थापाले जानकारी दिए । उनले काँग्रेस र एमाले दुबै पार्टीबाट टि सर्ट र झण्डाको बराबर माग आएको बताए । उनले चुनावलाई केन्द्रित गरेर ल्याइएका टि सर्टको दैलेखमा ठूलो व्यापार भएको बताए ।
दैलेख बजारमा सेभेन स्टारबाट मात्र यस्ता टि सर्ट र झण्डा विक्री भएका छन् । अन्य पसलेहरुले सिधै काठमाडौंबाट टि सर्ट गाउँमा पुर्याको जनाइएको छ । यसरी सिधै गाउँमा पुर्याइएको टि सर्टको मुल्य करिब ३ लाख हुन सक्ने अनुमान गरिएको छ । उता क्षेत्र नम्बर २ का लागि पनि काठमाडौंबाट सिधै गाउँमा टि सर्ट पुर्याइएको छ भने केही उम्मेदवारहरुले आफ्नो गाउँपालिाकालाई केन्द्रित गरेर फरक किसिमको टि सर्ट बाँडेका छन् । यसरी हेर्दा दैलेखमा काँग्रेस र एमालेले टि सर्ट र झण्डामा मात्र करिब २५ लाख रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया