दैलेखमा एमालेले खाता खोल्यो, नारायणकाे प्रमुखमा विजयी

दैलेखमा एमालेले खाता खोल्यो, नारायणकाे प्रमुखमा विजयी

दैलेख, जेठ २ । दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको दोश्रो इकाईमा नेकपा एमाले बाजी मारेको छ । नारायण नगरपालिका नेकपा एमालेका प्रमुख उम्मेदवार रत्न वहादुर खड्का र उप प्रमुख उम्मेदवार सावित्रा मल्ल विजयी भएका हुन । यस्तै ११ वटा वडा रहेको सो नगरपालिकामा नेकपा एमालेका ८ वडा पनि जितेको छ । एमालेले १, २, ३, ४, ५, ९, १० र ११ जितेको छ भने ६,७ र ८ मा काँग्रेसले जितेको छ ।
एमालेका खड्काले काग्रेसका मणिराम रेग्मीलाई २७८ मत अन्तरले पराजित गरेका हुन । खड्काले ४७२५ मत पाएका छन भने रेग्मीले ४४४७ मत पाए । यस्तै मल्ललेले काग्रेसकी वासना थापालाई ५८१ ले पछाडी पारेर विजयी भइन । मल्लले ४८६६ मत पाइन भने थापाले ४२८५ मत पाइन ।
वडा नम्बर १ मा एमालेका तिर्थ नारायण क्षेष्ठ, २ मा एमालेकै रेशम थापा, ३ मा एमालेकै कुमार उपाध्यय, ४ मा एमालेकै विर वहादुर कटुवाल, ५ मा एमालेकै लाल वहादुर वस्नेत, ६ मा काँग्रेसका प्रकास न्यौपाने, ७ मा काँग्रेसकै पुर्ण वहादुर मल्ल, ८ मा काँग्रेसकै दल वहादुर खत्री, ९ मा एमालेकै ढाल वहादुर थापा, १० मा एमालेकै लोक वहादुर थापा र ११ मा एमालेकै टंक वहादुर विष्ट वडा अध्यक्षमा विजयी भएका छन ।

प्रतिक्रिया