दैलेखको भैरवी गाउपालिकामा पनि एमाले विजयी

दैलेखको भैरवी गाउपालिकामा पनि एमाले विजयी

दैलेख, जेठ २ । दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको तेश्रो इकाईमा नेकपा एमाले बाजी मारेको छ । भैरवी गाउपालिका नेकपा एमालेका अध्यक्ष उम्मेदवार प्रेम वहादुर वुढा र उपाध्यक्षमा उम्मेदवार पदम विष्ट विजयी भएका हुन । यस्तै ७ वटा वडा रहेको सो गाउपालिकामा नेकपा एमालेका ४ वडा जितेको छ । एमालेले १, २, ४, र ७ जितेको छ भने ३, ५ र ६ मा काँग्रेसले जितेको छ ।
एमालेका वुढाले काग्रेसका जर्नाजन ज्ञवालीलाई ५०७ मत अन्तरले पराजित गरेका हुन । वुढाले ३५८४ मत पाएका छन भने ज्ञवालीले ३०७७ मत पाए । यस्तै विष्टले काग्रेसकी वशन्ता थापालाई ४९६ ले पछाडी पारेर विजयी भइन । विष्टले ३४७८ मत पाइन भने थापाले २९८२ मत पाइन ।
वडा नम्बर १ मा एमालेका कासीराम कार्की, २ मा एमालेकै हरि वहादुर थापा, ३ मा नेपाली काग्रेसका देवि भण्डारी, ४ मा एमालेका विरेन्द्र शाही, ५ मा नेपाली काग्रेसका हेमलाल जैसी, ६ मा काँग्रेसका डिल्लीराम पुरी र ७ मा एमालेका छविराम आचार्य वडा अध्यक्षमा विजयी भएका छन ।

प्रतिक्रिया