बिद्यालय सुरक्षा सम्वन्धि कर्मचारीहरुका लागि क्षमता अभिबृदी तालीम

बिद्यालय सुरक्षा सम्वन्धि कर्मचारीहरुका लागि क्षमता अभिबृदी तालीम

खाँडाचक्र कालीकोट– १३, जेठ, कालिकोट जिल्लाका साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्ममा आज देखी शुरु भएको छ । CCDR Kalikot
सेभ द चिल्ड्रेनको आयोजनामा साझेदार संस्थाहरु किर्डाक नेपाल र भिडीसेफ नेपाल अन्र्तगत सहयात्रा र युवा सशक्तीकरण कार्यक्रम अन्र्तगत कर्मचारीहरुको बिद्यालय सुरक्षा योजना योजनाको आवश्यकता र महत्व, बिद्यालय सुधार योजनामा समावेश गर्नुपर्ने बिपत ब्यवस्थापनका पक्षहरुको पहिचान गर्नका साथै बिद्यालय सुरक्षा योजनाको नमुना तयार गर्न सहयोग पुर्याउने उदेश्यले सो तालीमको आयोजना गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत इन्द्र बिश्वकर्माले बताएका छन् ।
किर्डाक नेपाल कालीकोट र भिडीसेफ नेपाल कालीकोटका २४ जना कर्मचारीहरुको सहभागीता रहेको सो तालीम उद्घाटन सत्रको अध्यक्षता गर्दै सेभ द चिल्ड्रेन कालीकोटका जिल्ला संयोजक बिजय बिश्वकर्माले बिद्यालय सुरक्षा र बिपत ब्यवस्थापन न्युनीकरणको क्षेत्रमा सवै कर्मचारीले बुझाईमा एक रुपता ल्याई कार्यक्षेत्र भित्रका सवै बिद्यालयहरुमा बाल केन्द्रित बिपत जोखीम ब्यवस्थापन योजना निर्माण भई सवै बालबालिकाहरुले यसको ज्ञान थाहा पाउने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
कालीकोट जिल्लाको सदरमुकाम स्थित होटल चन्द्र सुर्यमा आयोजना भएको उक्त तालीमको सहजीकरण सेभ द चिल्ड्रेनका शिक्षा अधिकृत प्रमोद न्यौपाने, जिल्ला संयोजक बिजय बिश्वकर्माले गरि रहनु भएको किर्डाक नेपाल कालीकोटका बालसंरक्षण अधिकृत धनिराम न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया