नेपाली सेनाको विमान बाजुराको कोल्टीमा दुर्घटना

नेपाली सेनाको विमान बाजुराको कोल्टीमा दुर्घटना

na_plane_crashed

नेपालगञ्ज— नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो। त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए।

दुर्घटनापछि जहाजमा आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। उनले भने, ‘दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’

दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ।

 

प्रतिक्रिया