बाजुरामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु : दुई घाइते

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ १६, २०७४     ::: 325 पटक पढिएको   |  

na_plane_crashed

बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटना पाईलट कैलाश गुरुङको ज्यान गएको छ ।

मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक प्राविधिक र एक महिला पाइलट घाइते छन्।

विमानस्थ देखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज उत्तानो पल्टिएको छ । जहाजमा रहेका चालक दलका सदस्य मध्ये क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी नायव निरिक्षक लोकसिह भाटले जानकारी दिनुभयो ।

दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासि र नेपाल प्रहरीले आगो निभाएर घाईतेहरुको उद्धार गरेका छन । जहाजमा सवार चालक दलका दुई जना घाईतेलाई सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।

एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि नेपाली सेनाको सामान बोकेर उडेको थियो। सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाईभर्ट भएको थियो ।



Leave a comment

Your email address will not be published.


*