चूडामणि शर्मा पक्राउपछि उद्योग वाणिज्य महासंघ भित्र हलचल

चूडामणि शर्मा पक्राउपछि उद्योग वाणिज्य महासंघ भित्र हलचल

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेसँगै नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघभित्र हलचल मच्चिन थालेको छ । शर्माले कर फछ्र्यौटको नाममा राज्यकोषलाई प्रत्यक्ष घाटा पर्ने गरी दिएको करोडौंको कर धरापमा परेपछि महासंघका केही उच्च पदस्थ व्यक्तित्वदेखि सामान्य पद धारण गरेका व्यक्तिहरु समेतमा हलचल मच्चिएको महासंघ निकट स्रोतले जानकारी दिएको छ । Fncci_CNI

शुक्रबार दिउँसो शर्मा पक्राउ परेसँगै महासंघका केही व्यवसायी नेताहरुमा छटपटी सुरु भएको छ । महासंघ र परिसंघको आवरणमा आफ्नो कमाउ धन्दा चलाउँदै खाएका व्यक्तिहरुको प्यारो मानिएका शर्मा कर फछ्र्यौटको बाहानामा अख्तियारको फन्दामा परेपछि शर्माको चिन्तामा भन्दा पनि ती व्यवसायीहरुमा आफ्नै सम्पत्ति डुब्ने त्रासले छटपटी सुरु भएको स्रोतले जानकारी दिएको छ ।

महासंघका केही उच्च व्यक्तित्वहरुमा छटपटी सुरु भएको रहेछ । एक सदस्यले हाम्राकुरासँग भने ती सदस्यहरु अहिले शर्मालाई कसरी छुटाउने भन्ने विषयमा आफूसँग कुरा मिल्ने मानिसहरुसँग गोप्य छलफलमा व्यस्त छन् ।

सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगमार्फत् धेरै व्यवसायीहरुका २१ अर्ब रुपैयाँ ‘ अनियमितता’ गरेको  आरोप यस अघिदेखि नै लाग्दै आएको हो । त्यतिबेला आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय थिए।

फर्छ्योटबाट मिनाहा भएको करिब २१ अर्ब रुपैयाँ सोझै अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले कर फर्छ्योटका नाममा गम्भीर अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको त्यतिबेला नै गरेको थियो । यसरी कर मिनाहा पाउनेमा धेरै व्यवसायीहरु उद्योग वाणिज्य महासंघ भित्रका थिए । ती व्यवसायीहरुले महानिर्देशक शर्माकै मध्यस्थतामा यस्तो सुविधा पाएका महासंघका व्यवसायी नेताहरु आफ्नो मूल मान्छे नै अख्तियारको फन्दामा परेपछि उनलाई किन पक्रिएको हो भन्ने विषयमा कारण खोज्न थालेको समेत स्रोतले जानकारी दियो । हाम्राकुरामा समचारछ ।

प्रतिक्रिया