नव निर्वाचित जनप्रतिनिधिको लागि स्वागत

नव निर्वाचित जनप्रतिनिधिको लागि स्वागत

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागीता रहेको थियो ।

?
?
?
?

संस्थाको उद्धेश्य, कार्यक्षेत्र, साझेदार निकाय र संस्थाले चाहेको समन्वय तथा सहकार्यका सम्बन्धमा सोसेक नेपाल, दैलेखका निर्देशक वषन्त श्रेष्ठले जानकारी दिएका थिए । आगामी दिनमा स्थानीय तहकै साझेदारीमा अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्न तयार भएको श्रेष्ठको भनाई थियो ।

?
?
?
?

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सबै संघ संस्थासँग समन्वय तथा सहकार्य गर्नका लागि स्थानीय तहमै एनजिओ डेस्क राख्न लागेको बताए । स्थानीय तहमा काम गर्न चाहने सबै संघसंस्थाले एनजिओ डेस्क लाई सहयोग गरी आफ्नो बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने उनको धारणा थियो । कतिपय संस्थाहरु सामाजिक सेवाको नाममा राजनिति गरिरहेका छन् । त्यस्ता गतिविधि मान्य हुनेछैनन् । संस्थाहरुले आफ्ना गतिविधि लुकाएर होइन् देखाएर आउन भण्डारीले सुझाव दिएका थिए ।
स्थानीय तहको विकास निर्माणका लागि संघ संस्थाको भूमिका महत्वपूर्ण रहेको भगवतीमाई गाउपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए । हामी एक द्धारा प्रणालीको माध्यमबाट काम गरौं । कतै दोहोरो हुने र कतै छुट्ने सम्भावना भएकाले सबै संस्थाले स्थानीय तहसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्ने थापाको भनाई थियो ।
समाजमा रहेका विपन्न समुदायको विकास र प्रगतिका लागि सबैले काम गर्नुपर्ने चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाहीले बताईन् । उनले थपिन् संघ संस्थाले के के काम गर्छन् त्यस्को जानकारी स्थानीय तहलाई गराउन आवश्यक छ ।
अधिकाँस जनप्रतिनिधिहरुले स्थानीय आवश्यकताको आधारमा सबै संघ संस्थालाई काम गर्न आग्रह गरेका थिए । स्थानीय आवश्यकता एकातिर काम अर्काेतिर गर्ने संघसंस्थाहरुका गतिविधि स्विकार्य नहुने जनप्रतिनिधिको भनाई थियो ।

प्रतिक्रिया