विपद् जोखिम न्युनिकरण तालिम सम्पन्न

विपद् जोखिम न्युनिकरण तालिम सम्पन्न

दैलेख–विपद जोखीम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्वन्धि तालिम मिति २०७४ जेष्ठ २३ देखि २५ गते सम्म दैलेख वजारमा १७ जना सहभागीको विचमा सम्पन्न भएको छ । तालिम ए इ आइ एन लक्जेम्वर्ग , टी.डी एच जर्मनी नेपालसंगको साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत रहेका भैरवी गा.पा. वार्ड न. ४ र ५, महावु गा.पा. वार्ड न. २ र ३, नारायण न.पा वार्ड न. ११ मा रहेका युवा क्लवका सदस्यहरुको सहभागीतामा तालिम संचालन गरिएको थियो । DRR youth (4) DRR youth (3) DRR youth (2) DRR youth (1)
विपदबाट हुने क्षती न्यूनीकरण गर्न र जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणको लागि अपनाइने उपायको वारेमा जानकारी गराउने उद्देश्यले यो तालिम संचालन गरिएको हो, विपद जोखीम न्यूनीकरण गर्नको लागि विपद, प्रकोप, विपद सम्वन्धि विषयवस्तुमा आधारीत रहि तालिम संचालन गरिएको थियो । तालिम समापन समारोहमा युवा क्लवका सदस्य श्री पुजा खत्रीको अध्यक्षमा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष श्री हीरासिंह थापाको प्रमुख अतिथ्यमा र संस्थाका कार्यकारी निर्देशक श्री डम्बर बहादुर कार्कीको आतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा प्रत्येक वार्ड बाट प्रतिनिधी १,१ जना सदस्यलाई भनाइ राख्न दिइएको थियो । भैरवी गा.पा. वार्ड न. ४ बाट सिता वि.क., वार्डन ५ बाट गजेन्द्र प्र. रिजाल, महावु गा.पा.वार्ड न ३ बाट दुर्गा शर्मा र नारायण न.पा बाट कृष्णा कु. खड्काले तालिममा सिकेको कुरा समुदायमा गइ अन्य सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउने र आफुले पनि व्यवहारमा लागु गर्ने प्रतिवद्धता राख्नुभएको थियो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्षले पनि आफ्नो भनाइ राख्दै युवा क्लवर्ला सल्लाह सुझाव प्रदान गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्षले कार्यक्रम सम्पन्न गर्नुभएको थियो

प्रतिक्रिया