म्यादी प्रहरी आन्दोलित

म्यादी प्रहरी आन्दोलित

अमर सुनार

दैलेख, जेठ २६ – जिल्ला प्रहरी कार्यालयले आफूहरुलाई अरु जिल्ला भन्दा कम तलव दिन लागेको भन्दै यहाँका म्यादी प्रहरीहरु आन्दोलित भएका छन् । छिमेकी जिल्ला सुर्खेतमा सबै खर्च कटाएर ३२ हजार ९ सय दिएको तर दैलेखमा २८ हजार मात्र दिइने सुनाइएपछि उनीहरु आन्दोलित भएका हुन् । Madi News
होटलमा खाएको खानाको समेत रकम काटेको र यसबारे मिडियालाई भने आन्तरिक कारवाही गर्ने चेतावनी दिएको म्यादी प्रहरीहरुले बताएका छन् । यसबारे प्रतिक्रिया माग्दा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी केदार रजौरेले पारदर्शी रुपमा प्रष्ट्याई सक्दा पनि गलत मनसायले प्रचारवाजी गरेको आरोप लगाउनुभयो ।
करिव २ महिनाका लागि भर्ना गरिएका दैलेखका साढे ७ यस म्यादी प्रहरी मध्ये दोश्रो चरणको निर्वाचनमा बर्दिया र कैलाली जान चाहेका वाहेक अहिले नै घर जान चाहनेहरुलाई दिइने रकममा कटौती गरिएको भन्दै आन्दोलित भएका म्यादी प्रहरीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया