बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

दैलेख, जिल्ला बालकल्याण समिति दैलेखले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लु श्रोत केन्द्रमा अध्ययनरत दृष्टिविहिन तथा असहाय बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । उक्त विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराइएको केन्द्रिय बाल कल्याण समितिका बाल अधिकार श्रोत व्यक्ति डम्बर रोकायले जानकारी दिए । DCWB dullu 1
शैक्षिक सामाग्रीले दृष्टिविहिन तथा असहाय बालबालिकाहरुको अध्ययनमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको भनाई थियो । उनले थपे, शैक्षिक सामाग्रीले बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नमा सहयोग पुग्ने छ ।
आर्थिक अवस्था कमोजोर, दृष्टिविहिन र असहाय बालबालिकाको लेखाजोखा मागको आधारमा दुल्लु श्रोत केन्द्रमा अध्ययनरत बालबालिकालाई सामाग्री दिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता ज्ञावलीले बताईन् । उनले थपिन् उक्त शैक्षिक सामाग्रीमा झोला र ब्रेल लिपि पेपर रहेका छन् ।
उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पंथी, जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारी, दुल्लु नगरपालिका अधिकृत धु्रवराज आचार्य लगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो

प्रतिक्रिया