खानेपानीको चरम संकट भए पछि लाखौ खर्चेर इनार खन्दै

          |   प्रकाशित मितिः आइतवार, असार ४, २०७४     ::: 453 पटक पढिएको   |  

दुर्गा वि.सी
सल्यान, बन्गाड कुपिण्डे नगरपालीकाको केन्द्र सल्लीवजारमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । सल्लीवजारमा ल्याएको खानेपानी मुहान सुके पछि समस्या भएको छ । खाने पानी नभए पछि लाखौ खर्चेर यहाँका स्थानीयले ३५ फिट देखि ४० फिट सम्मको गहिरो इनार खनेका छन् । त्यहि इनारको पानीले केहि गुजरा चलाएको देखिन्छ । सल्लीवजारका सम्पन्न व्यक्तिहरुले लाखौ रुपैयाँ खर्चेर खनेको इनारको कुवाको पानी प्रयोग गरिरहेका छन् । समान्य व्यापारि सर्वसाधारण नागरिक भेरी नदिको पानी खान वाध्य भएका छन् । bangad1 bangad

कुपिण्डे नगरपालीकाको १२ वटै वडाहरुमा यस्तै खाने पानीको समस्या रहेको छ । स्थानीय निर्वाचित जन प्रतिनिधीको चुनावी नारा र सवै उम्मेदवारको आश्वासन पनि तेहि थियो घर घरमा पानीको व्यवस्था गर्ने । खानेपानी नहुदाँ यहाँका नागरिक वर्षेनी समस्या भएको वताउँने गरेका छन् । स्थानीय गोपाल वुढाका अनुसार नगरमै खाने पानीको चरम संकट रहेको छ भने गाउ घरको त कुरा टाढै छ । खानेपानी नहुदाँ गाउँहरुमा घण्टांै पदैल हिडेर डोकोको सहायताले ग्रागीमा पानी बोकर खान बाध्य भएको उनको गुनासो छ ।

बन्गाड कुपिण्डे नगरका भेरी नदि किनारका वस्तीहरु पनि वर्षेनी भेरी नदिको दुषित पानी पिउने गरेका छन् । गाउँहरुमा तेहि भेरी नदिको दुषित पानी भएनी सजिलो हुनेमा अर्का स्थानीय कमल परियार वताए । अर्को तर्फ सल्यानको सल्लीवजारका केहि स्थानीय भने खानेपानी समेत किनेर खाने गरेका छन् । इनारवालाहरुबाट दैनिक ५० रुपैया गेलनको दरले पानी किनेर खाने गरेको वताएको छ ।

वजार स्थापना भए देखि यहाँका व्यापारि र सर्वसाधारण नागरिक खानेपानीको पिरोलामा परेको चन्द्र वुढाले वताए । वजारको जनघनत्व वढदै जाँदा र त्यसमा पनि बन्गाड कुपिण्डे नगरको केन्द्र भएकोले झनै खानेपानीको समस्या थपिएको छ । हुने खानेलाई त सजिलै छ तर अन्यलाई भने पानी समेत किनेर खानु पर्ने अवस्था रहेको वुढाको दुखेसो छ । होटल व्यवसाय गरि वसेका व्यापारि समेत खानेपानीको जटिल समस्या रहेको वताउने गरेका छन् ।



Leave a comment

Your email address will not be published.


*