जिल्ला सेवा केन्द्रलाई सहयोग गर्ने सरोकारवालाको प्रतिवद्धता

जिल्ला सेवा केन्द्रलाई सहयोग गर्ने सरोकारवालाको प्रतिवद्धता

आकस्मिक सेन्टर सहितको जिल्ला सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रले आयोजना गरेको समिक्षात्मक बैठकमा जिल्लास्थित सरोकारवाला निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जोखिममा रहेका महिला तथा बालबालिकाहरुले जिल्लामा सञ्चालन भईरहेको सेवा केन्द्रमार्फत सेवा लिनेको संख्यामा बृद्धि हुन थालेपछि सरोकारवालाहरु सहयोग गर्न तयार भएका हुन ।
बहुविवाह, पछिल्लो समय मदिराको अधिक सेवन र महिलाप्रति हेपाहा प्रवित्तिका कारण घरेलु हिंसा, कुटपिट, बलात्कार लगायतका महिला हिँसाका घटनाहरु बृद्धि हुदै गरेको कारण जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई कानुनी सहायता, मनोविमर्श र मेलमिलापमा सहयोग पु¥याउन सामाजिक सेवा केन्द्र (सोसेक)ले महिला तथा बालबालिका कार्यालय तथा दातृ संस्थाहरुको सहयोगमा ६ महिना अघिदेखि सेवा केन्द्र सुरु गरेको हो ।
विभिन्न कारणले बालबालिका माथि हुने दुव्र्यवहार, महिला हिंसाका घटनामा पीडितहरुलाई आपतकालिन संरक्षण तथा सहयोगका लागि सुरु गरिएको महिला तथा बालबालिका सेवा केन्द्रमा पीडितहरुलाई सेवा दिदै आएको छ । त्यस्ता पीडितहरुलाई तत्कालिन संरक्षण, मनोविमर्श र कानुनी सहायताका लागि विभिन्न निकायमा सिफारिस गरिदै आएको छ ।
जनवरी देखि हाल सम्म कुटपिट, व्यवास्था, जन्मदर्ता नबनाइएका, बालविवाह हुन लागेका समेत ७ जना बालबालिका र घरेलु हिंसा, घर निकाला तथा शोषण दमनमा परेका २९ जना महिलालाई सेवा केन्द्रबाट आपत्कालिन सहयोग गरिएको सामाजि सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिए ।
महिला तथा बालबालिका जोखिममा रहनेको संख्यामा बृद्धि भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । अहिले जिल्लामा स्थापना गरिएको एउटा मात्रै सेवा केन्द्रले त्यस्ता महिला तथा बालबालिकालाई मनोपरामर्श, पूनस्र्थापना र मेलमिलाप लगाएतका काम गर्दै आएको सेवा केन्द्रकी संयोजक रमा श्रेष्ठको भनाई थियो ।
महिला तथा बालबालिकाको लागि काम गर्नु राज्यको दायित्व हो तर सामाजिक सेवा केन्द्र (सोसेक) ले गरेको यो प्रयासको स्रहाना गर्दै सबै निकायले सक्दो सहयोग गर्नुपर्ने जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत पदम सापकोटाले बताए । त्यसै गरी महिला विकास अधिकृत अनिता ज्ञवालीले महिला तथा बालबालिकाको लागि थप कार्य गर्न आग्रह गरेकी थिईन् । उनले, होटेल ब्यवसायमा श्रमिकको रुपमा काम गर्ने बालबालिकालाई उद्धार गरी बालबालिका सेवा केन्द्रमा आवश्यकता अनुसार राख्न सकिने र उनीहरुलाई ब्यवसायमूलक सीप सिकाउने विभिन्न ऐन, नियम र कार्यविधिमा व्यवस्था गरिएको जानकारी दिईन् ।
उक्त समिक्षात्मक बैठकमा सेवा केन्द्रको कोष स्थापना गर्ने, बालश्रम विरुद्धका अभियानहरु सञ्चालन गर्ने, सरकारी तथा गैह्र सरकारी निकायलाई सहयोगका लागि आग्रह गर्ने, होटल ब्यवसायहरुमा बालश्रम नगराउन पत्राचार गर्ने लगायतका निर्णयहरु गरिएका थिए । समिक्षात्मक बैठकमा जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, कानुनी सहायता समिति, बार एशोशियसन, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत जिल्लास्थित अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।
महिला विकास अधिकृत अनिता ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सेवा केन्द्र संचालनको लागि निर्देशक समितिको वैठकमा सो सक्षिा सहित प्रतिवद्धता गरिएको थियो ।

प्रतिक्रिया