नानीकोट १० औं पुर्ण खोपयुक्त गाविस घोषणा

नानीकोट १० औं पुर्ण खोपयुक्त गाविस घोषणा

चेतन विष्ट
कालिकोट असार ६ गते, “पुर्ण खोप लगाऔ अवश्य हुन्छ सुरक्षित भबिष्य” भन्ने मुल नाराकासाथ स्वास्थ्य चौकि नानिकोटको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वयमा साबिकको नानिकोट गाबिस हाल पचालझरना गाउपालिका वडा न ६,७,८ र ९ लाई जिल्लाको १० औं पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।Nanikot nanikot1
स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष छक्क बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका खोप सुपरभाईजर ध्वज बहादुर सिह र पत्रकार सरकारी तथा गैरसरकारि कर्यालयको उपस्थिति रहेको थियो । एक बर्ष मुनिका सम्पुर्ण बालबालिकालाई ९ प्रकारका रोग बिरूद ११ खोप प्रदान गरेर सुचक पूरा गरेकोले सो गाविसलाई पुर्ण खोप युक्त गाविस धोषणा गरिएको हो । ११ महिना भन्दा कम उमेरका १४३ जना बालबालिकाले यस बर्ष खोप लगाएका थिए ।nanikot4 nanikot3
कुल जनसंख्या ६९२९ जना रहेको गाबिसमा १२८६ घरधुरि रहेको छ । उक्त कार्यक्रममा आमा समुहले स्वास्थ्य सम्बन्धि देउडा गित प्रस्तुत गरेका थिए । आगामि दिनमा खोपलाई निरन्तरता दिन सबैले प्रतिबध्दता जनाए । पुर्ण खोप युक्त घोषणामा सहयोग पुराएकोमा महिला स्वास्थ्य स्वयम सेविका आमा समूह लगाएत विभिन्न सरकारि तथा गैरसरकारि सस्थालाई कदर गरिएको थियो ।

प्रतिक्रिया