उद्यमी बन्दै ग्रामिण भेकका महिलाहरु

उद्यमी बन्दै ग्रामिण भेकका महिलाहरु

दैलेख–केही अघिसम्म घरभित्र सीमित आठविस नगरपालिमा वडा नं ५ का महिलाहरु उद्यमशिल बन्न थालेका छन् । अल्लो प्रशोधन सिप सिक्दै आएका उनीहरुले विभिन्न लघु उद्यमका सामग्रीहरु उत्पादन गरी आत्मनिर्भर बन्न थालेका हुन् । स्थानीय गोमा बुढामगर दुई वर्षीया छोरी बोकेर अल्लो प्रशोधन गर्न व्यस्त हुन्छिन् । घासदाउरा, मेलापात गरेर जीविकोपार्जन गर्दै आएकी उनी अहिले निकै परिर्वतन भएको महसुस गर्दछिन । ‘श्रीमानको कमाईमा मात्र भर पर्ने हुदा निकै गाह्रो भएको थियो । अहिले सिप सिकेपछि आफैले काम गरेर आफुलाई चाहिएको जति खर्च बेहोर्न सकेको बताउछिन । गोमाजस्तै यो समुहमा १२ जना महिलाहरु बच्चा बोकेर काम सिक्न आउछन ।

udhami2 udhami1 Udhami
आर्थिक हिसावले निकै दयनीय अवस्थामा हुदा सिप सिकेर स्वाबलम्बी भएको डिलसरा बुढाले बताइन् । ‘घास दाउरा र कृषि पेसा गरेर मात्र नपुग्दो रहेछ’ उनले भनिन, ‘उत्पादन गरेको सामानहरु बिक्री गर्न बजार नजिकै नहुदा समानहरु घरमा थन्किन्थे । अब बजारको समस्या छैन् ।’ गाउमै मोटरबाटो पुगेको छ ।
विशेष गरेर अल्लो यस ठाउको मुख्य श्रोत हो । अल्लो बाट यहा“का महिलाहरुले कपडादेखि वोरा, पाखि, कम्मल, रुडी पाखी जस्ता विभिन्न प्रकारका सामाग्रिहरु तयार गर्ने गर्दछन । एउटा काम्लो र पाखि बेचेपछि उनिहरुले चार, पाचहजार कमाउने गर्दछन । अव उनीहरु यो सिप जिल्लाका अधिकासं स्थानमा पु¥याउने लक्ष्य राखको अध्यक्ष विष्णु थापाले बताइन् ।
वेरोजगार महिलाहरु र अशिक्षित महिलाहरु लागि यो धेरै ठुलो अवसर प्राप्त भएको उनीहरुको भनाई छ । बालसरा रोकायले भनिन्, सिप सिकेर धेरैको पेट पाल्नु छ त्येसैले छोरा छोरी बाकेर भएपनि काममा आउछु । सेती टिर्निङ रिर्सचको आयोजनामा गाउका धेरै मलिाहरु उद्यमी भएका हुन् ।
त्यहा पुगेका जिल्ला समन्व समिति दैलेखका स्थानिय विकास अधिकारी सहितको टोलिसंग निकै दुखेसो पोख्दै महिलाहरुले भने, ‘बाटो पनि आफना लागि मुख्य श्रोत हो ।’ विदेशिएका श्रीमानहरुलार्इृ सिप सिकाएर नेपालमा काम गर्न अवसर दिन स्थानिय विकास अधिकारी डिलाराम पन्थीसंग आग्रह समेत गरे । प्रशस्त अल्लो पाइने हुदा अल्लोबाट विभिन्न किसिमका उत्पादन गर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया