पुराना संरचनालाई पनि अपाङ्गमैत्री बनाउन सकिने

पुराना संरचनालाई पनि अपाङ्गमैत्री बनाउन सकिने

दैलेख, ९ असार – दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले इच्छा शक्ति भए पुराना भौतिक संरचनालाई पनि अपाङ्ग मैत्री बनाउन सकिने बताएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा आज दैलेखमा आयोजित अवरोध मुक्त अभिवाचन कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

Disabily News
पुराना संचरनालाई सुधार गर्न र नयाँ संरचनालाई अपाङ्गमैत्री बनाउन सरकारको नीति भएकोले यसको अनिवार्य पालना गराउन आफूले थालिसकेको प्रमुख जिल्ला अधिकारीले बताए । त्यस बखत दैलेखका महिला विकास अधिकृत अनिता ज्ञवालीले जिल्लामा वैशाखसम्मको तथ्यांक अनुसार ३१ सय ५० जनाले अपाङ्ग परिचयपत्र लिएका र ती मध्ये धेरै जन्मजात अपाङ्गता भएको पाइएको जानकारी दिइन् ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव मीरा शेरचनको अध्यक्षतामा भएको कार्यक्रम स्वावलम्वन जीवन पद्धति केन्द्र काठमाण्डौंका अध्यक्ष गणेश केसी, मन्त्रालयका शाखा अधिकृतहरु नीमराज भट्टराई र कृष्ण भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, नीति कार्यक्रमहरु, राज्यको दायित्व र सामाजिक सहयोगका क्षेत्र विषयमा सरोकारवालाहरुलाई सहजीकरण गरेका थिए ।

प्रतिक्रिया