दैलेखमा वाल श्रम र महिला हिंसा प्रमुख समस्या– प्रजिअ अधिकारी

दैलेखमा वाल श्रम र महिला हिंसा प्रमुख समस्या– प्रजिअ अधिकारी

दैलेख, असार १० – दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्लामा महिला हिंसा र बालश्रम प्रमुख समस्या रहेको बताएका छन् । सामाजिक कानूनी सहायता केन्द्रको सरोकारवालाहरुसंगको आज दैलेख सदरमुकाम भएको त्रैमासिक वैठकमा उनले सो समस्या जनाए ।

kanuni sahayata samiti News
दूध, दहीको लेख भएकोले त्यही नाममा दैलेखमा नामाकरण गरिए पनि अचेल दूधको सट्टा रक्सीको बिगबिगी भएको प्रमुख जिल्ला अधिकारीले औल्याए । रक्सीको कारण जिल्लामा अपराधिक घटना हुने गरेको बताउन सामाजिक सचेतना प्रभावकारी बनाउनुपर्ने उनको सुझाव थियो ।
बैठकका अध्यक्ष महिला विकास अधिकृत अनिता ज्ञवालीले सामाजिक कानूनी सहायता केन्द्रको स्थापनापछि महिला, दलित र पिछडिएको जातिवर्गले न्यायिक अधिकार पाउन सहज भएको बताए । त्यस बखत अधिवक्ता सुरेन्द्र अधिकारीले पहिलेको तुलनामा समाजमा अपराधिक घटना बढ्दै गरेका तर मुद्दा प्रक्रियामा नआएको विषयमा खोजी अनुसन्धान हुनुपर्ने बताए ।
त्यस बखत सामाजिक कानूनी सहायता केन्द्रका जिल्ला संयोजक मातृका खनालले सन् २०१७ को अप्रिलदेखि जुनसम्म ३ महिना अवधिमा १२ वटा मुद्दाका जाहेरी लेखिएको मध्ये १० वटा दर्ता भएका र २ वटा प्रक्रियामै भएको जानकारी दिए ।
जिल्ला संयोजक खनालले यो अवधिमा ६९ वटा ठाडो निवेदन लेखी पीडतहरुलाई न्याय प्रक्रियामा सघाइएको र ५ स्थानमा घुम्ती कानूनी साक्षरता कार्यक्रमबाट ८ सय ४४ जनालाई कानूनी सचेतना दिइएको बताए । त्यसबखत कानूनी सहायता केन्द्रले गरेका काम र प्रभाव बारे खुला अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया