छाउपडी गोठमा लालसराको मृत्यु, उस्तै छ छाउपडी समस्या

छाउपडी गोठमा लालसराको मृत्यु, उस्तै छ छाउपडी समस्या

दैलेख, उमेरसंगै शारीरिक विकास हुदै जादा महिलाहरुको योनीबाट रगत बग्नु प्राकृतिक प्रक्रिया हो । तर, महिनावारीलाई समाजमा नकारात्मक सोचाईले हेर्ने गरिन्छ । जस्ले गर्दा अझै पनि जिल्लाको ग्रामिण क्षेत्रमा छाउपडी समस्या उस्तै देखिन्छ र छाउपडीकै समयमा महिलाको मृत्यु हुने गरेका उदारहणहरु प्रसस्त भेटिन्छन् ।

Chaupadi shed
Chaupadi shed

चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ४ का महिलाहरु महिनावारी भएको समयमा सामूहिक रुपमा छाउपडी बस्ने गर्छन् । गत जेष्ठ ८ गते सामुहिक महिनावारी बसेकै समयमा विरामी भएर वर्ष १४ की लालसरा बि.क.को मृत्यु भएको इलाका प्रहरी कार्यालय दुल्लुका हवलदार नरबहादुर के.सी.ले बताए । उनले, राती २ बजे अकस्मात विरामी भएकी लालसरालाई स्थानीय मेडिकलमा उपचार गरी सन्चो नभएपछि सुर्खेततिर लैजादै गर्दा तल्लो डुङ्गेश्वर भन्दा अगाडी मृत्यु भएको जानकारी गराएका थिए ।
लालसराको मृत्युको मुख्य कारण छाउपडीनै भएको हवलदार के.सी.को भनाई थियो । यदी छाउडी नबसी घरमै बसेको भए सायद मृत्यु हुदैन्थ्यो होला । कतिपय सामाजिक कुसंस्कारका कारण महिलाहरु जोखिममा रहेका उनले बताए ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने अछामसँग जोडिएका साविकको गाउ विकास समितिहरुमा छाउपडी समस्या अत्यधिक देखिन्छ । परम्परावादी सोचाई, अशिक्षा, धामी झाक्री र देवतामा बढी विश्वास गर्ने कारणले पनि छाउपडी प्रथा कायमै रहेको विगत लामो समयदेखि छाउपडी विरुद्ध काम गर्दै आएकी दुर्गा गिरीले बताईन् । उनले थपिन् कम्तीमा २८ दिन र बढिमा ४० दिनको फरकमा महिनावारी चक्र हुन्छ् । तर, यस्लाई समाजमा नकारात्मक सोचाईले हेरिएका कारण महिलाको स्वास्थ्य जोखिममा रहेको छ ।
समाज अहिले तिव्र परिवर्तनको क्रममा भए पनि कतिपय समस्या कायमै रहेको महिला विकास अधिकृत अनिता ज्ञवालीको भनाई थियो । उनले थपिन् राज्यका हरेक संरचनामा महिला सहभागीता र क्षमता विकासको कुरा गरिन्छ् । तर, त्यो समुदायको तल्लो तह सम्म पुग्न सकेको छैन् । त्यस्तो समुदायका विपन्न महिलाको क्षमता विकास गर्न आवश्यक भएको उनको भनाई थियो ।

प्रतिक्रिया