स्थानीय कलाकारलाई पनि वातावरण जोगाउने चिन्ता

स्थानीय कलाकारलाई पनि वातावरण जोगाउने चिन्ता

हिक्मत कुमार नेपाली
दैलेख १५ असार

जलवायु परिर्वन भइराछ ।
जनजिजन विग्रदै गैराछ ।
रुख रोपौ वन जोगाउ ढल निकास गरौ ।Naumule photo
बाढी पहिरो जान सक्छ, तार जाली भरौ ।
खोला नाला सुक्न लागु मुहान सफा राखौ
स्वच्छ पानी नपिउनाले मर्ने गर्छन लाखौ ।
पृथ्वीको नहुँदा सम्हार ।
मरुभूमि हुँदैछ संसार ।

सचेत बनौ हौ, छरछिमेक गाउँ टोलमा यहि संदेश भनौ है ।
डाडा पाखा विरुवा रोपेर, जमिन बचाऔ पहिरो रोकेर ।
गल्ने फोहार गलाई मल बनाऔ ।
नगल्ने लाई सुकाई आगो लाऔ ।

यसरी गित मार्फत जलवायु परिवर्तन सम्बन्धि संदेश दिइरहेका थिए, नौमूले गाउँपालिकाका स्थानीय कलाकारहरु, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दैलेखको आर्थीक सहयोग र परिवर्तन राष्ट्रिय दैनिक दैलेखको आयोजनामा भएको जलवायु परिवर्तन सम्बन्धि लोक गित प्रतियोगितामा सहभागि स्थानीय कलाकारहरु गित मार्फत वातावरण जोगाउने चिन्ता गरेका हुन् । जलवायु परिवर्तनका कारण प्रत्यक्ष रुपमा जनजिवन प्रभावित भइरहेको कलाकारहरुको गितले झल्काउथ्यो । जलवायु परिवर्तनका कारण वन जंगल मासिदै गएको र त्यसको प्रभाव प्रत्यक्ष पानीका मुलहरुमा परेको छ । जलवायु परिर्वन भइरहेको कारण जनजिजन विग्रदै गएको कुरा लोक गितमा प्रस्तुत गर्दै स्थानीय समुदायलाई संदेश दिइएको छ । रुख रोपौ वन जोगाउ, ढल निकास गरौ, बाढी पहिरो जान सक्ने ठाउँमा तार जाली भरौ भन्ने जस्ता संदेशहरु गित मार्फत प्रस्तुत गरिएको छ ।
जलवायु परिवर्तनका कारण खोला नाला सुक्न लागेको प्रति स्थानीय कलाकारहरुले गित मार्फत चिन्ता व्यक्त गरेका छन् । आफुले प्रयोग गर्ने खानेपानीको मुहान सफा राख्नु पर्ने संदेश गित मार्फत प्रस्तुत गरिएको थियो । अहिले ग्रामिण भेगहरुमा स्वच्छ पानी नपिउनाले लाखौ नागरिकहरुले अकालमै ज्यान गुमाएको प्रति कलाकारहरुले चिन्ता व्यक्त गरे ।
स्थानीय कलाकारहरुले पृथ्वीको सम्हार गरि हामी बस्ने पृथ्वीलाई मरुभूमि हुन बाट जोगाउन गित मार्फत आग्रह गरे । पहिला आफु सचेत बनि छरछिमेक गाउँ टोलमा यहि संदेशहरु फैलाउदै जानु पर्ने गितले झल्काउथ्यो । खाली डाडा पाखा विरुवा रोपेर, जमिनलाई पहिरो जानबाट बचाउनु पर्ने गितबाट संदेश प्रवाह गरिएको छ । आफ्नो घरबाट निष्कने गल्ने फोहार गलाई मल बनाउनु पर्ने नगल्ने फोहोरलाई आगोमा जलाई नष्ट गर्नुपर्ने स्थानीय कलाकारहरुले गित मार्फत संदेश दिएका छन् ।
नौमूले गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष भगिराम बुढा मगरले वातावरण जोगाउनको लागि सबै लाग्नु पर्ने बताउदै जनताको चेतना स्तर बृद्धीका लागि यो कार्यक्रम महत्वपूर्ण भएको औल्याए ।
कार्यक्रममा बोल्दै नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रतिनिधी खगेन्द्र सिंह राजपुतले पछिल्लो समय विभिन्न कारणले वातावरणमा नकारात्मक असर पर्दै गएको बताउदै यस्तो समस्यालाई न्यूनिकरण गर्दै जानु सबै नागरिकहरुको कतव्र्य रहेको बताए । परिवर्तन राष्ट्रिय दैनिकका संचालक समितिका सदस्य एवम उद्योग बाणिज्य संघ दैलेखका उद्योग उपाध्यक्ष कुल बहादुर विकले वातावरण जोगाउका लागि सचेतना फैलाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए । पत्रिकाका संचालक समितिका सदस्य गणेश बहादुर खड्काले वातावरण प्रदुषित भएको खण्डमा हामी आफै लाई असर गर्ने भन्दै सबैलाई वातारण जोगाउने काममा अग्रसर हुन आग्रह गरे । कार्यक्रममा बोल्दै परिवर्तन राष्ट्रिय दैनिकका सम्पादक बखत बहादुर कटुवालले यस्ता कार्यक्रमहरुले नागरिकहरको चेतना स्तरमा बृद्धि गर्नको लागि सहयोग पुग्ने बताउदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु दैलेखका विभिन्न ग्रामिण भेगहरुमा गर्दै लैजाने बताए ।
लोक गित प्रतियोगितामा भैरव मावी नौमले प्रथम, सम्झना थापा मगर द्धितिय र करिष्मा सिजाली तृतिय भएका छन् । यस्तै परिवर्तन शिल वाल क्लब, प्रतिमी सिजाली र लालीगुरास बाल क्लब सान्तोना स्थान हासिल गरेका छन् ।
कार्यक्रममा पत्रिकाका संचालक समितिका सदस्यहरु याम बहादुर मल्ल, मन बहादुर कटुवाल, सुर्यनारायण उपाध्याय, भैरब मावी नौमूलेका शिक्षक, स्थानीय राजनितिक दल, बुद्धिजिवी , नागरिक समाज, विद्यार्थी र स्थानीय समुदायको सहभागिता रहेको थियो । कार्यक्रम संचालन मोतिसागर परियारले गरेका थिए ।

प्रतिक्रिया