शैक्षिक गुणस्तरलाई परिवर्तन गर्नको लागि दुल्लू नगरपालिकामा समिक्षा गोष्ठि सम्पन्न

शैक्षिक गुणस्तरलाई परिवर्तन गर्नको लागि दुल्लू नगरपालिकामा समिक्षा गोष्ठि सम्पन्न

निरक शाही

असार १५ गते, दैलेख, दुल्लू नगरपालिका भित्र रहेका मध्यमिक द्यिालयमा एस.इ.इ.को नतिजा खस्कदै गएको अवस्थामा शैक्षिक गुणस्तर परिवर्तन गर्नको लागि समिक्षा गोष्ठि दुल्लूमा सम्पन्न भएको छ । दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा दुल्लू नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष ,१३ वटै मध्यमिक बिद्यालयका प्रधानाध्यापक , बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो बिद्यालयको एस.इ.इ.को नतिजा ,बिद्यालयको भौतिक अवस्था , शिक्षकको news Dullu Education1 news Dullu Educationदरवन्दीको अवस्थाको बारेमा जानकारी गराईएको थियो । यस्तै प्रतिवेदन प्रस्तुत गर्दै देवी मा.वि. बिनायकका प्रधानाध्यापक नारायण लम्सालले परिक्षा नियन्त्रण कार्यालयले समयमै नतिजाको यथार्त प्रमाण उपलब्ध नगराउँदा शिक्षक , विद्यार्थी र अभिभावकलाई अन्योलता छाएको गुनासो गर्नु भएको थियो । उँहाले विद्यालय विभाजित हुँदा पठनपाठनमा अस्तब्यस्त छाउनुका साथै एउटै शिक्षकले दुबै ठाउँमा पढाउनु पर्दा शिक्षकलाई समस्या भएको बताउनु भयो । देवी मा.वि. विनायकमा जम्मा १०३ जना विद्यार्थी सहभागि भएकोमा १४ जना सि पलस र सि ग्रेडमा पास भएका छन बाँकी ५५ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएको प्रतिवेधन प्रस्तुत गर्नु भएको थियो ।
यस्तै सुर्योदय मा.वि. लम्सुमा ३४ जना मध्य ४ जना सि ग्रेडमा पास भएका छन । भानु मा.वि. तोरायमा ६० जन परिक्षामा सहभागि भए पनि १ जन बि पलस र ५ जना बि ग्रेडमा पास भउका छन ।
यस्तै पंचकोशी ज्वाला मा.वि. गमौडीमा १ जना , नेपाल राष्ट्रिय मावि लेखालगाउँमा २७ जना मध्य ४ जना मात्र सी ग्रेडमा पास भएका छन । यसैविच महेन्द्र जय देव मावि छिउडिमा जम्मा ३६ जना परिक्षर्थी सहभागि भएकोमा २ जना बि पलस , ४ जना सि ग्रेडमा पास भएका छन । दुल्लू नगरपालिका वडा नं. ९ मा रहेको प्रेम देवी मा.वि.मा एक जना पनि बिद्यार्थी उतिर्ण नभएको प्र.अ. मणिराम जैशीले जानकारी दिनु भयो । धुलेश्वर मा.वि. चगत्राले भने २०७३ सालको एस.इ.इ. को नतिजामा समग्रमा राम्रो गरेको छ । ५०जना मध्य ए ग्रेडमा १ जना , ,बि पलस १ जना, सि पलसमा १३ र सि ग्रेडमा १८ जना विद्यार्थी पास भएको बिद्यालयका सहायक प्र.अ. बिनोद शाहीले जानकारी दिनु भयो । सहभागि मध्य ४२ जनले कक्षा ११ मा भर्ना हुन पाउने छन ।
ने.रा.मावि कृतिखम्वमा परिक्षामा ४४ जना सहभागि भएपनि ४ जना मात्र बिद्यार्थी सि ग्रेडमा पास भएका छन । यस्तै दुल्लू क्षेत्रकै पुरानो माध्यमिक विद्यालय विजया मावि दुल्लूमा प्राविधिक तर्फका ४६ जना बिदार्थी सहभागि भएकोमा १६ जना बि पलस , २१ जना बि र १ जना सि ग्रेडमा पास भएका छन भने साधारण तर्फ १०८ जना मध्य १ जना ए , ३ जना बि पलस र १४ जना बि ग्रेडमा पास भएको प्र.अ.केशव भण्डारीले जानकारी दिनु भयो । यस्तै सरस्वति मावि कृष्ण कोट ३१ जन मध्य ११ जनाले मात्र ११ मा भर्ना हुन पाउने छन र भनेश्वर मवि नाउलेमा ५६ जना मध्य १ जन सि पलस र १ जना सि ग्रेडमा पास भएका छन । पुरक पर्नेहरुमा सबैलाई गणित , अङग्रेजी र बिज्ञान विषय लागेको छ ।
सबै विदालयका प्र. अ. हरुले एटै गुनासो गर्दै प्रयाप्त दरवन्दिी नहुनु , बिदार्थीमा अनुसासन नहुनु र ग्रेड पद्धतिले पनि नतिजा खस्केको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
सहभागिहरुले दुल्लू क्षेत्रको शैक्षिक गुणस्तर परिवर्तन गर्नको लागि निम्नानुसारका सुझब दिएका छन ।

नितिगत र कानुनी कार्यक्रम
शिक्षा क्ष्ोत्रमा नगरपालिकाले कुल बजेटको २० प्रतिशत रकम विनियोजन गरिनु पर्ने ,तहगत र विषय गत शिक्षकहरुको बैज्ञानिक व्यवस्था गर्नु पर्ने , प्र.अ. र वि.व्य. स. लाई अधिकार सम्पन्न गनुपर्ने , यस नगर पालिकामा दुईवटै स्रोत केन्द्रको कायम राख्नु पर्ने , सामुदायिक सिकाई केन्द्रका परिचालिकालार्ए दरवन्दी कम भएका बिद्यालयमा सहभागि गराउनु पर्ने ,नगर शिक्षा समिति गठन , विद्यालय सुधार योजना निर्माण कार्यान्वयन , अनुगमन निरिक्षण आचार संहिता निर्माण कार्यान्यन , गर्नु पर्ने रहेका छन ।

योजना तथा कार्यक्रम तर्फ
नगर शिक्ष योजना र विद्यालय सुधार योजनालाई प्रभाव कारी कार्यन्वयन गर्ने , विद्यालयको भौतिक ब्यवस्था सुधार गर्नु पर्ने , प्राथमिक शिक्षा उवम् प्रोत्साहनको व्यवस्था मिलई विद्यालय छाड्ने दर घटाउने ,विद्यार्थीको सिकाई उपलब्धि अभिवृद्धि योजना निर्माण गर्नु पर्ने , आ.इ.सि.टी. मान्यता वाट सिकाउनु पर्ने , पाठ्य पुस्तक ब्यवस्थापन , पुस्तकालय , विज्ञान प्रयोगशाला , वालविकास ब्यवस्थापन , प्राविधिक जोड दिनु पर्ने लगएतका रहेका छन ।

मनोगत आधार
अभिभावक सचेतना शिष कार्यक्रम , खेलकुद बिकास , वातावरण सुधार योजना , बालमैत्री बनाउनु पर्ने सुझव दिउका छन ।
यस्तै अन्यमा
शैक्ष्कि क्यालेण्डर प्रयोग , सह क्रियाकलाप सञ्चालन , रेडक्रस , बालक्लव , स्काउट ,आदि रहेका छन । कार्यक्रमा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले ईन्टरनेट सोसाईटीको सहकार्यमा दुल्लू नगरपालिकाका १३ वटै वडाका विद्यालय , स्वास्थ्य चौकिमा टेलिमेडिसन सेवा सञ्चालन गर्ने जानकारी गराउनु भयो । उँहाले शिक्षा विनियम तयार गरेर शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उँहाले भौतिक स्रोत सधन सम्पन्न भएको विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने जानकारी दिनु भयो ।

प्रतिक्रिया