बहाँकोटी जनतामाझ गरेको प्रतिज्ञा पुरा गरें अव ५ वर्ष भित्रै सडक कालोपत्रे गर्छु ः पोख्रेल

बहाँकोटी जनतामाझ गरेको प्रतिज्ञा पुरा गरें अव ५ वर्ष भित्रै सडक कालोपत्रे गर्छु ः पोख्रेल

हाम्रा गाँउको सडकका वारेमा पनि प्रतिज्ञा गरिदिन प¥यो हजुर ः स्थानियवासी
रक्तिम दैलेखी
विशाला, असार १८, चुनावमा जनतामाझ गरेको प्रतिज्ञा पुरा गरेको माननिय सांसद लक्ष्मी पोख्रेलले बताउनु भएको छ । ठाटीकाँध गाँउपालिका वठा न ३ विशाला बहाँकोटमा सडको उद्घाटन समारोहलाई संवोधन गर्दै उहाले यस्तो वताउनु भएको हो । आईतवार जनप्रतिनिधि र स्थानियवीच कुरा गर्दै उहाले भन्नु भयो “मैले ३ वर्ष ५ महिना पहिले विशालावासी जनतामाझ जव सम्म सडक वहाकोट आँउदैन तव सम्म यहाँ आउने छैन मेरै पालामा मै गाडी चढेर तपाईहरुलाई भेट्न आँउछु भनेको थिए आज मोटर चढेरै तपाईमाझ प्रतिज्ञा पुरा गरे” अव यसको स्थायित्व र जीम्मेवारी तपाईहरुकै काँधमा आयो । bisala Bisala (3) Bisala (2)

आफ्नो गाँउमा मोटर पुगेपछि खुशीले गदगद भएका जनसमुदायले फुल माला र अविरले रंगाउदै साँसदलगाएतको टीमलाई धन्यवाद पनि टक्राए । यति छिटै गाडि पुगिहाल्ला नसोचेको भन्दै जनताको साथ र सहयोगले नै यो सम्भव भएको उहाले वताउनु भयो । खाध्य सामाग्री खच्चडको सहायताले ढुवानी गर्ने समस्याको अन्त्य, एकपोका नुन ल्याउन दिनभरि हिड्नु पर्ने, उत्पादित सामाग्री बजार पु¥याउन नसकेर कुहिएर जाने समस्याको अन्त्य भएको भन्दै खुशी भएका विशालावासीको विचमा पोख्रेलले पाँच वर्ष भित्रै राकम, डाडिमाडि, दैलेखको प्रशासनीक सडक दुई लेनको बनाउने, सवै सडकलाई कालोपत्रे गर्ने, वार्षिक एक तिहाईको हिसावले बजेट बढाउदै लैजाने, उत्तरी वेल्टको मेरुदण्डको रुपमा रहेको यो सडकको स्तर उन्नतीमा ध्यान दिने, ठेकेदारले काममा लापरवाही गरे कडा भन्दा कडा कार्वाही गर्ने बताउनु भएको छ । लकान्द्र, विशाला, चामुण्डा र विन्द्रासैनिमा ३ करोडको लागतमा विधुतिकरण गर्ने भन्दै त्यसकालागी दुई वर्ष लाग्ने वताउनु भएको छ । दुई वर्ष भित्र सवैको घरमा वत्ती पु¥याउने जिकिर पनि उहाले गर्नु भएको छ ।
विकासे वजेटमा २० वर्ष पछिकै सवैभन्दा ठूलो अनियमितता भएको आरोप सरोकारवालाले लगाएको समाचार संचारमाध्यमा आएकै बेला साविक दैलेख जिल्ला विकास समितिले अनुगमनलाई तिव्र पारेको छ । वर्षातका कारणले ठाँउठाउमा सडकको अवस्था खराव बन्दै गएको र भक्तिएको ठाँउमा डोजरलगाएर सडको मर्मत गर्न समितिलाई निर्देशन दिदै ईन्जीनियर हिरासिंङ्ग थापाले सडक पुगेर मात्र हुदैन सडको रेख देख पनि समुदायको भएकाले बाटो तपाईको हो यसलाई कस्तो बनाउने तपाईमा नै भरपर्छ भन्नु भयो । श्रमदान समुदायको अपनत्व हो तर कागजमा मात्र श्रमदान सिमित भएको पाईएको जिकिर गर्नु । योजनामा अलिअलि काम गर्ने ईन्जीनियरको आँखा छल्ने अनि काम राम्रो छ भनेर कुरालाउने प्रवृतिको अन्त्य उपभोक्ता समिति बाट हुन जरुरी भएको वताउदै समुदायले गुणस्तरिय कार्यमा चनाखो, काममा निगरानीका साथै खवरदारी र जवाफदेहि हुनु पर्नेमा जोड दिनु भयो । त्यस्तै अनुगमनका क्रममा नेपाली काग्रेश महाधिवेशन प्रतिनिधी एवम नेपाल महिला संघ दैलेखका सभापति सिता रानाले बाटो बन्यो तर विना पलानिङ्गका कारण बाटो राम्रो नवनेको दावी गर्नु भयो । विहीवारबाट सडकको वस्तुस्थितिवारे अनुगमन गर्न गएको सांसद लक्ष्मी पोख्रेल, जिल्ला समन्वय समिति र पत्रकारको टोलीले सरोकारवालासंग सडकवारे गरेको अनुगमनका क्रममा निर्माणकार्य सम्पन्न भएपनि वर्षाका कारण ठाँउठाउमा पहिरोले सडक विग्रीएको पाईएको छ । निर्माण सम्पन्न सडकको अनुगमन पछि टोलिले पहिरो रोकथामका लागि वृक्षारोपण समेत गरेको छ । निर्माण सम्पन्न सडकहरु जोखिम्मपूर्ण रहेको टिप्पणी गर्दै वैज्ञानिक र दीर्घकालिन रुपमा समेत सुरक्षित हुने गरी व्यवस्थीत गर्नु पर्ने र यसमा आफ्नो पनि साथ रहने समितिले वताएको छ ।

प्रतिक्रिया