इन्सेकद्वारा कार्यक्षेत्रका पाँच विद्यालय सहयोग

इन्सेकद्वारा कार्यक्षेत्रका पाँच विद्यालय सहयोग

दैलेख, असार १९ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रमले विद्यालय सहयोग कार्यक्रम अन्तरगत कार्यक्षेत्रका ५ वटा विद्यालयलाई भौतिक सामग्री उपलब्ध गराएको छ । प्रति विद्यालय विद्यालयलाई ३० हजारका दरले रकम पाएपछि विद्यालयले सामग्री बनाएका हुन् । INSEK Material (4) INSEK Material (3) INSEK Material (2) INSEK Material (1)
बालअधिकार चेतना समूह गठन भएका त्रिवेणी मावि चुप्रा, भैरव आधारभूत विद्यालय लाँकुरी, रेडक्रस मावि भूर्ती, सरस्वती मावि तर्ताङ्ग र युवा समूह गठन भएको जनकल्याण मावि सेर्माकोटलाई विद्यालय सहयोग दिइएको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले बताए ।
प्राप्त जानकारी अनुसार त्रिवेणी मावि चुप्राले ५ वटा ह्वाइट वोर्ड, १ स्टील दराज, १ सूचना पार्टी र साँस्कृतिक कार्यक्रमका लागि ड्रेस बनाइएको छ । त्यसैगरी भैरव आधारभूत विद्यालय लाँकुरीले १ स्टील दराज, ८ वटा प्लाष्टिक कुर्ची, १ ह्वाइट वोर्ड, १ भलिवल, १ थान टेबुल, १ साउण्ड सिष्टम र १ थान टिचर ज्यामिती बक्स खरिद गरेको छ ।
विद्यालय सहयोगको रकमबाट रेडक्रस मावि भूर्तीले ६ वटा राउण्ड टेबुल र २ वटा ह्वाइट बोर्ड निर्माण गरेको छ । सरस्वती मावि तर्ताङ्गले १ हामोनियम, २ वटा मादल, १ बाँसुरी र १ वटा खैजडी किनेको छ । त्यसैगरी जनकल्याण मावि सेर्माकोटमा ८ वटा भित्ते घडी, १ थान ऐना, १० वटा प्रदर्शनी वोर्ड, ५ वटा डष्टबिन र १ सूचना पार्टी खरिद गरिएको छ ।
इएलपी कार्यक्रमले गएको पुसदेखि डुंङ्गेश्वर गाउँपालिका १ नम्वर वडा बेलपाटा र २ नम्वर वडा लाँकुरीमा समुदाय स्तरमा मानवअधिकार निगरानी समूह, ४ विद्यालयमा बालअधिकार चेतना समूह र युवा समूहसंगको समन्वयमा मानवअधिकार प्रवद्र्धनका क्रियाकलाप गरिरहेको छ । इएलपी कार्यक्रम अवको पूरा २ वर्ष अर्थात २०७६ असारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया