बाख्रापालनमा रमाउदै जल्धरा

बाख्रापालनमा रमाउदै जल्धरा

दैलेख, समूहबाट गरिएको ऋण लगानीको कुरा उठ्ने वित्तिकै समुदायमा सबैले ४६ बर्षीय जल्धरा कठायतलाई सम्झिन्छन् । आठबिस नगरपालिका ३ धौलाकोटकी जलधरा समूहबाट ऋण लिएर फिर्ता नगर्नेमात्र होइन्न व्यवसाय सञ्चालन गरी समयमै सावा र ब्याज भूक्तानी गर्ने सक्रिय सदस्य पनि हुन ।

News Jaldhara Bakhra
उनले गत वर्ष सामुदायीक संस्थाबाट २० हजार ऋण लिईन् । उक्त ऋण कसरी तिर्ने हो भनेर उनलाई कैयौ दिन राती निद्रा समेत लागेन् । यती महँगो जमानामा थोरै पैसाले के पो नै गर्न सकिन्छ । गुजरा गर्ने अन्य कुनै श्रोत नभए पछि नुन, तेल, चामल, कपडा सबै ऋणमै थिए । उनलाई लाग्थ्यो साहुँको ऋण तिरु भने समूहको ऋण के गरेर तिर्ने । दोधारमै भएकी जल्धराले २० हजारबाट ३ वटा बाख्रा किनिन् ।
ऋणमा किनिएका बाख्राले नाफा मात्रै गरेन्न जीवन गुजारा गर्न सहज पनि बनाईदिए । बाख्राले आम्दानी दिदै गए उनले ऋण तिर्दै गईन् । बाख्रा आम्दानीबाट जल्धराले साहुको पुरानो ऋण तिरेर समूहको ऋण समेत फिर्ता गरेकी छन् ।
उनका श्रीमान कान्छी श्रीमतीसँग बस्छन् । जब उनले बहुविवाह गरे त्यसपछि जल्धराले कहिल्यै श्रीमानबाट सहयोग पाईन्न । उनी भन्छिन् श्रीमानले त जीउदै एकलो बनाए तर संस्थाको सहयोगले बाच्न सजिलो भएको छ । उनले, बाख्रापालन व्यवसायबाटै बार्षिक ३० हजार आम्दानी हुने गरेको बताईन् ।
बाख्रापालन व्यवसायबाटै भएको आम्दानीले छोरीलाई उच्च शिक्षा पढाउदै छिन् । उनी भन्छिन्, समूहबाट ऋण नपाएको भए छोरीले पनि म जस्तै दुःख पाउने थिई । आम्दानीको कुनै श्रोत थिएन् । छोरीलाई पढाउन सक्दैन्थे । र छोरीको भविश्य पनि विग्रिन्थ्यो । म जति आम्दानी गर्छु त्यो सबै छोरीका लागी हो ।
अब श्रीमानबाट सहयोगको कुनै आशा नभएको उनको भनाई थियो । जति दुःख भोगे पहिला भोगी सके । सायद अब त्यस्ता दुःख भोग्नु पर्दैन् ।
गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा सञ्चालित एकिकृत सामुदायीक विकास परियोजनाले गठन गरेको सामुदायीक संस्थामा आवद्ध भए पछि उनले ऋण प्राप्त गरेकि हुन । सामुदायीक संस्थामा विपन्न र पिछडिएको समुदायका महिलाको सहभागीता हुने गर्दछ ।

प्रतिक्रिया