छिमेकीको घरमा आगो लगाउनेलाई ४ वर्ष कैद

छिमेकीको घरमा आगो लगाउनेलाई ४ वर्ष कैद

दैलेख, असार २३ – छिमेकीको घरमा आगो लगाएको मुद्दामा आरोपितलाई दैलेख जिल्ला अदालतले ४ वर्ष कैद र २ लाख ७९ हजार क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आज सो फैसला भएको हो ।

NEWS 2074.03.23 II (2) NEWS 2074.03.23 II (1)
दैलेखका नारायण नगरपालिका वडा नंं. ११ बिन्ध्यवासिनीका २७ वर्षका सूर्य भन्ने खगेन्द्रबहादुर मल्लले आफ्नै छिमेकी गोपी कामीको घरमा आगो लगाएको भन्ने मुद्दामा सो सजायँ भएको दैलेख अदालतका प्रवक्ता गोबिन्द आचार्यले बताउनुभयो ।
चेलीबेटी मोवाइल खोसेको विषयमा सम्झाएको विषयलाई रीसिबी साँधी वैशाख १० गते दिउँसो २ बजेतिरको समयमा चर्को घामबाट जोगिन घरभित्र सुतेका गोपी कामी समेतलाई जलाउने उद्देश्यले घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाएको थियो ।
जिल्ला सरकारी वकील कार्यालय मार्फत प्रहरीले अदालतमा पेश गरेको मुद्दामा ज्यान मार्ने उद्देश्यले आगो लगाएको मागदाबी गरिएको थियो । घटनाले ज्यान मार्ने उद्देश्य ठहर्दैन तर आगो लगाउनु अपराध भएको फैसलामा उल्लेख छ ।
नाबालक छोरालाई काखमा राखि दिउँसो निदाएको बेला खरको छाना भएको घरको पछिल्तिरबाट लाईटरले आगो लगाए लगतै घरभित्रका लत्ता कपडा, भाँडाकुडी, अन्नपात सबै जलेको थियो । आगो लागिसकेपछि गोपीकी श्रीमतिले हत्तपत्त ब्यूझाएर जोगाएकी थिइन् ।
यो मुद्दामा जोहरवालाका तर्फबाट सरकारी वकील बिष्णुप्रसाद पौडेल र प्रतिवादी सूर्य भन्ने खगेन्द्रबहादुर मल्लको बचाउ गर्न अधिवक्ता दीर्घराज अधिकारीले बहस पैरवी गर्नुभएको थियो ।

प्रतिक्रिया