छाउगोठमा सर्पले टोकेर किशोरीको ज्यान गयो

छाउगोठमा सर्पले टोकेर किशोरीको ज्यान गयो

दैलेख, चामुण्डाविन्द्रासैनी नगरपालिका ६ लैनचौरस्थित छाउपडीगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको छ । छाउपडी बसेकी वर्ष १९ कि तुल्सी शाहीलाई सर्पले टोकेपछि उपचार गर्दा गर्दै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ ।

Chaupadi shed
Chaupadi shed

अछाम विहे भएकी शान्ता लामो समय देखि माइतीघरमा बस्दै आएकी थिईन् । महिनावारी भएकोबेला घरमा बस्ने चलन नभएकै कारण उनी छाउ गोठमा बस्न बाध्य भईन् । जस्ले गर्दा उनको अकालमा ज्यान गयो । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी भन्छन्, अहिलेकोे विश्व कति परिवर्तनशिल छ तर पनि हाम्रो समाजमा घटेका यस्ता घट्नाले हामी कहाँ छौ भन्ने आँकलन गर्न सकिन्छ । उनले, परम्परा देखि चल्दै आएको यस्तो कुप्रथालाई हटाउन सबै सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्ने बताए ।
जिल्ला समन्वय समितिको तथ्याँक अनुसार जिल्लामा ५ सय १३ घरधुरीमा छाउपडी भएको जानकारी भएपनि अझै थप बढी हुनसक्ने महिला विकास अधिकृत अनिता ज्ञवालीले बताईन् । दैलेख जस्तो शिक्षित जिल्लामा हुने यस्ता छाउपडी घटनालाई सामान्य रुपमा नलिन उनले आग्रह गरेकी थिईन् । धामि झाक्री र पुरुषहरुले साथ दिएमा उक्त प्रथालाई निर्मूल गर्न सकिने उनको भनाई थियो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा अझै पनि ७० प्रतिशत जति छाउपडी प्रथा भएको टोल सामुदायीक समितिका अध्यक्ष जगत शाहीले बताए । उनले थपे, घरघरै छाउपडी छ तर घटना भएपछि मात्रै जानकारी हुन्छ । समुदायमा छाउपडीप्रथा विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरे पनि न्यूनिकरण हुन नसकेको उनको भनाई थियो । उनले थपे, जिल्लास्थित सरोकारवालाहरुले साथ दिएपछि छाउपडी गोठ भत्काउन समुदाय तयार छ ।
गत जेष्ठ ८ गते उक्त नगरपालिकाको वडा नं ४ की लालसरा वि.क. को पनि छाउपडी गोठमै बसेका बेला सर्पले टोकेर मृत्यु भएको थियो ।

प्रतिक्रिया