वार्षिक खर्च २ करोड ६२ लाख

वार्षिक खर्च २ करोड ६२ लाख

दैलेख, नारायण नगरपालिका दैलेखले आर्थिक वर्ष ०७३÷०७४ मा २ करोड ६२ लाख ३६ हजार ५८ रुपया खर्च गरेको छ । नगरपालिकाले वडा स्तरिय, नगरस्तरिय र ठुला पुर्वाधारमा गरी तिन शिर्षकमा रकम खर्च गरेको हो ।

NP CFLG
नारायण नगरपालिका दैलेखले आर्थिक वर्ष ०७३÷०७४ को लैङ्गिक उत्तरदायी तथा सामाजिक समाबेशी बजेट परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी दिएको हो । आफनै भवनमा रहेको सभाहलमा भएको कार्यक्रममा शुसासन अभियानकर्ता दुर्लब कुमार बोगटीले स्थानिय निकायको नितिमा लैङ्गिक तथा सामाजिक समाबेशी विकास र लैङ्गिक तथा सामाजिक समाबेशी लेखाजोखाको प्राप्त प्राप्ताकं प्रस्तुत गर्नु भएको थियो । यस्तै उहाले नगरको जनसांख्यीक उपलव्धता र क्षेत्रगत योजना तथा बजेट विनयोजनका बारेमा पनि जानकारी दिनु भएको थियो ।
कार्यक्रम समापन गर्दै नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खडकाले यस्ता कार्यक्रमले पारदर्शिता सृजना गर्नुका साथै समाजमा सुसाशनको सफल अभ्यास हुने बताउनु भयो । साथै उहाले आगामी बजेटका सम्बन्धमा वडा र टोलमा क्षमता अभिबृद्धि गर्नुका साथै ति स्थानलाई पनि समेट्नु पर्नेमा जोड दिनु भयो ।
नारायण नगरपालिकाका उप प्रमुख सावित्री मल्लले पनि मन्तव्य राख्नु भएको कार्यक्रममा ११ वटै वडाका अध्यक्ष र सदस्य,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतको उपस्थिति रहेको थियो । यसैविच नगर प्रमुख रत्न बहादुर खडकाको अध्यक्षतामा नगर स्तरिय बालमैत्री स्थानिय शासन सम्बन्धि अनुशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा शुसासन अभियान कर्ता दुर्लब कुमार बोगटीले प्रस्तुत गर्नु भएको कार्यपत्र माथी छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले बालबालिका भविश्यका कर्णधार भएकाले बजेट विनियोजन गर्दा र योजना निमार्ण गर्दा बालमैत्री बनाउन ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया