तालिम समापनसंगै वार्षिक समीक्षा

तालिम समापनसंगै वार्षिक समीक्षा

दैलेख, असार २७ – महिला तथा बालबालिका कार्यालय दैलेखले सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रमको ३ महिने सिलाई कटाई तथा ढाका बुनाई तालिम आज सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले महिला राष्ट्रपति भएको कारण महिला संवेदनशीलताले यो कार्यक्रम सञ्चालन भएको बताए ।

WCO Review News (2) WCO Review News (1)
त्यस बखत प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले समाजमा पुरातन त्याग्दै आर्थिक उपार्जनका काम लाग्नुपर्ने सुझाव दिए । स्थानीय विकास अधिकारी डिलाराम पन्थीले व्यवसाय सुरु गरे सबै क्षेत्रको सहयोग दिलाउन सकिने आश्वासन दिए ।
महिला विकास अधिकृत अनिता ज्ञवालीले चालु आर्थिक वर्ष अवधिभर कार्यालयले सञ्चालन गरेका विकास गतिविधि र सवाल अभिमुखीकरण विषयमा समीक्षा प्रतिवेदन जानकारी गराए । चालु आर्थिक वर्ष ०७३÷७४ अवधिमा महिला तथा बालबालिका कार्यालयले चालु र पूजीगत तर्फ समेत कुल ४७ लाख ६५ हजार खर्च भएको जानकारी गराइएको थियो ।
कार्यक्रममा सामाजिक सेवा केन्द्र(सोसेक) नेपाल दैलेखद्धारा संचालित वाल हेल्पलाईन १०९८ र आकस्मीक आश्रय सहितको सोसेक महिला र बालबालिका केन्द्रको समेत समिक्षा गरिएको थियो ।
कार्यक्रममा नारायण नगरपालिका उपप्रमुख सावित्री मल्ल, निर्वाचन अधिकारी भक्तबहादुर कार्की, इन्सेक प्रतिनिधि अमर सुनार, दैलेख उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष शान्ति शर्मा, सिलाई कटाई तालिमका सहभागी बसन्ता तामाङ्गले तालिमको महत्व र महिला तथा बालबालिका कार्यालयको गतिशीलता र पारदर्शीताको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया