बजेटको सदुपयोग हुनु पर्छ ः साँसद थापा

बजेटको सदुपयोग हुनु पर्छ ः साँसद थापा

अमर सुनार
दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले स्थानीय तहमा आएको बजेट तथा श्रोतको उचित सदुपयोग हुनुपर्ने बताउनुभएको छ । डुंङ्गेश्वर गाउँपालिकाको प्रथम गाउँसभाको आज डाँडापराजुलमा उद्घाटन गर्दै संघीय संरचना अनुसार स्वायत्ताको उपयोग गर्दै आफ्नो विकास आफै गर्न आएको बजेटमा दलका नाममा बाँडीचुडी खाने प्रथा बन्द गर्न उहाँले सुझाव दिनुभयो ।

Dungeswor Gaun Shabha
सिंहदरवारको अधिकार गाउँमा पु¥याउने गरी बजेट, श्रोत र अधिकार दिइएकोले जनताको जीवनस्तर सुधार्ने विकास कार्यक्रम तय गर्न र सचेततापूर्वक नीति कार्यक्रम बनाउन साँसद थापाले सल्लाह दिनुभयो । उहाँले त्यसबखत कृषिलाई व्यवसायिकता र छिटो प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
गाउँसभा उद्घाटन समारोहमा पूर्व जिविस सदस्य नरसिंह मल्लले नयाँ संरचना अनुसार गाउँपालिका गठनपछि व्यवस्थापकीय र प्रक्रियागत काममा जुट्नु परेका कारण अपेक्षाकृत विकास गर्न नसकिएला तर केही गरौं भन्ने जनप्रतिनिधिहरुको इमान्दारिता र तत्परताले केही रचनात्मक काम सुरु हुने कुरामा आफू आशावादी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष पूर्णबहादुर खत्रीले निर्वाचित जनप्रतिनिधिहरुले विना राजनीतिक पूर्वाग्रह जनताको सार्वजनिक हितमा काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा डुंङ्गेश्वर गाउँपालिका उपाध्यक्ष सीता ज्ञवालीले आगामी आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक २० करोड ८४ लाख २८ हजार रुपैंयाँको अनुमानित आयव्यय बजेट प्रस्ताव गर्नुभयो ।
कार्यक्रममा डुंङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले ‘व्यवसायिक कृषि, शिक्षा, स्वास्थ्य, सुशासन र पूर्वाधार, डुंङ्गेश्वर गाउँपालिकाको मूल आधार’ मूल नारा लिएको बजेट तथा नीति कार्यक्रम प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रको सहयोग र सहकार्यता आवश्यकता दर्शाउनुभयो ।
गाउँसभा उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य मानबहादुर बिष्ट, नेपाल महिला संघका जिल्ला अध्यक्ष सीता राना, डुंङ्गेश्वर गाउँपालिकाका कार्यकारी अधिकृत देवी चालिसे, ६ नं. वडाध्यक्ष बमबहादुर बीसी र डाँडापराजुल स्वास्थ्य चौकीका प्रमुख दलबहादुर बिक लगायतले गाउँसभाका नीति, कार्यक्रम र बजेटको उपयोगिता विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया