शुसासन र भष्ट्रचार न्युनिकरण नगर निमार्णमा जोड

दुर्गा वि.सी
सल्यान, बन्गाड कुपिण्डे नगरपालीकाको प्रथम नगर सभालाई सम्बोधन गर्ने कुरामा नगर प्रमुख गोविन्द कुमार पुनले नमुना नगरको परिकल्पना निमार्ण गर्न जननिर्वाचित पदाधिकारीलाई निर्देश गर्नु भएको छ । १२ करोड ५० लाख बराबरको विकास तर्फ विनियोजन भएको रकमको सहि सद्पयोग गर्न समेत अपिल गर्नु भएको छ ।

विनियोेजित रकमबाट प्रत्यक्ष नारिकको दिगो जिवन यापनमा सक्दो मलम पट्टी लगाउन यो सफल हुने गराउने कुरामा अफु कति पनि विचलीत नहुने वताउनु भयो । कुशल प्रशासन,सुसान र भष्ट्रचार मुक्त नगर वनाउनमा सवै जनप्रतिनिधी,राजनीतीक दलहरुलाई सहयोगको अपेक्षा समेत मागिएको छ ।
विगतमा यस नगरका साविक गाविस कार्यलहरुमा समिति कर्मचारीहरुले आन्तरीक राजश्व,समाजिक सुरक्षा भत्ता लगाएतका कुरामा चरम अनियमितता भएको र त्यस्को तत्तकाल सुधाार नभए छानविन गरि कार्वाहि प्रक्रिया अगाडि वढाने ठोकुवा समेत गर्नु भएको छ । नगर सभाको उद्घाटन सत्रमा करिव २ घण्टा लामो मन्तव्यका क्रममा पुनले ती वडाहरुमा आर्थिक हिनामिना,जनताको सेवामा कन्जुस्याई गर्ने व्यक्तिको नाम र वडा नखुलाए पनि आफुसँग त्यो प्रमाण आई सकेकोले छिटो भन्दा छिटो हिनामिना रकम फच्र्यौट र सरकारी खातामा जम्मा नभए ती कर्मचारीलाई तत्तकालै ढिला नगरि कार्वाहि गरिने वताउनु भयो । साथै विनियोजित विकासे रकममा पनि जन प्रतिनिधीमा लोभ पाप जाग्ने उदेश्य अनुसार रकम बाँडिएको फेला परेमा आफ्नो तर्फबाट जुनसुकै मुल्य पनि चुकाउन पछि नपर्ने जनाएको छ ।
बन्गाड कुपिण्डेका स्थानीय निकाय,सरकारी कार्यलयहरुमा काम गर्ने कर्मचारीहरुलाई समेत नागरिकको सेवा प्रति र आफ्नो कामको जवाफ देहिता हुन अनुरोध गरिएको छ । कुनै पनि निकायमा गल्त प्रवृति देखा परेमा त्यसको पनि निराकरण गर्ने जनाएको छ । नगर प्रमुख पुनले चुष्त र पार्दषि विकास गर्नमा सवै पक्षसँग हातेमालो गर्नु नै यो नगरको पहिलो उदेश्य रहेको जनाउनु भयो । आव.२०७४।०७५ को विनीयोजित रकम १२ करोड ५० लाख बराबरको पैसा सत प्रतिशत काम भएको हुन पर्ने त्यसको निगरानी नगरमा एउटा समिति निमार्ण गरि लेखा जोख गर्ने समेत जनाएको छ । साथै बन्गाड कुपिण्डे नगरमा उप प्रमुख मञ्जु यरीको संयोजकत्वमा ३ सदस्य न्यायपालीका समेत गठन भएको छ । सदस्यमा मोमत रोका र शान्त कुमारी यरी रहेको जनाएको छ ।

प्रतिक्रिया