नेप्सेमा एकैदिन पाँच करोड २७ लाख कित्ता सेयर सूचिकृत गर्ने कम्पनी कुन कुन हुन् ?

नेप्सेमा एकैदिन पाँच करोड २७ लाख कित्ता सेयर सूचिकृत गर्ने कम्पनी कुन कुन हुन् ?

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन पाँच करोड २७ लाख ९९ हजार ५०७ कित्ता सेयर सूचिकृत भएको छ । दुई बाणिज्य बैंकको हकप्रद, एक लघुवित्तको बोनस सेयर तथा एक बाणिज्य बैंकले आफुले प्राप्ती गरेको विकास बैंकको सेयर रुपान्तरण गर्दा साे परिमाणको सेयर सूचिकृत भएको हो ।

नेपाल बंगलादेश बैंकको सबैभन्दा बढि तीन करोड २० लाख ७३ हजार तीन  कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने नेपाल बैंकको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर पनि आईतबार नै सूचिकृत भएको छ ।

त्यस्तै नेरुडे लघुवित्तको तीन लाख ६० हजार कित्ता बोनस सेयर तथा नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकको ४९ लाख ३४ हजार ६३३ दशमलव ६५ कित्ता सेयर आफ्नो नाममा  सूचिकरण गराएको हो ।

आईतबार सूचिकरण भएका सेयरमध्ये चार करोड ७८ लाख ६४ हजार ८४३ दशमलव ८० कित्ता सेयर नयाँ सूचिकरण हो ।

यसअघि ४२ कित्ता सेयर स्वाप अनुपातमा प्राप्ती गरेको एस डेभलपमेन्ट बैंक तर्फको ४९ लाख ३४ हजार ६३३ दशमलव ६५ कित्ता सेयरलाई आईतबार इन्भेष्टमेन्ट बैंकले आफ्नो नाममा रुपान्तरण गरी सूचिकरण गराएको हो मेराे लगानीमामा समचारछ ।

प्रतिक्रिया