घरयासी खर्च टार्न जनप्रतिनिधीको हैरानी ः कोहि मजदुरीमा व्यस्त छन भने कोहि भारत जाने योजनामा

घरयासी खर्च टार्न जनप्रतिनिधीको हैरानी ः कोहि मजदुरीमा व्यस्त छन भने कोहि भारत जाने योजनामा

दुर्गा वि.सी.
सिम्ता गाउँपालीका वडा ६ सुर्खेतबाट जननिर्वाचित महिला सदस्य आईती लुहार चुनाव जीते पछि निक्कै खुसी भएकी थिईन् । स्थानीय निर्वाचनमा विजय सवै यस क्षेत्रका जन प्रतिनिधीहरु निक्कै हौसिएका थिए । खुसीसँगै विजय उत्सव मनाउदा लागेको भोज भतेरको खर्च टार्न अहिले उनिहरुलाई हम्मे हम्मे परेको छ । आईती लुहार जस्तै सवैको कथा व्यथा उस्तै छ । राज्यले निर्वाति जनप्रतिनिधीलाई पारश्रमिकको समेत व्यवस्था हुने हल्लाले झनै होसियर उनिहरुले खुसी साट्दा र चुनाव प्रचार पसार गर्दा लाखौ खर्चेका छन् । तर उक्त रकम सवैका लागि सामान्य नभएको वताउने गरीएको छ ।


सुर्खेत सिम्ता गाउँपालीका वडा ६ बाट खुल्ला महिला   सदस्यमा चुनाव जितेकी लुहार अहिले निक्कै पश्चाताममा रहेको वताउने गरेकी छन् । सधै मजदुरीबाट घर परिवार पालनपोष्ण गर्दे आएकी उनको दैनिकी पुन ः तेहि पेरी फेरीमा वितेको छ । नेपालगञ्ज,बुटवल,काठमाण्डौ र सुर्खेत लगाएतका ठाउँहरुबाट सामान लोड भएर आउने र जाने मालबाहक ट्रकहरुको सरसामान लोड तथा अनलोडको सम्पुर्ण कामको जिम्मा उनैले लिने गर्दछीन् । मजदुरहरुको समेत नेतृत्व,इमान्दारीता रहेकोले सवैको असल साथ र सहयोगले समान्य मजदुरी गर्ने भए पनि आफुले चुनाव जितेको वताइन् । मजदुरी गरेको पैसा चुनावमा खर्र्चीयो तर अहिले निक्कै समस्या भएको छ । दैनिक मजदुरी गरेको रकमले ५ जनाको परिवारको सम्पुर्ण खर्च उनको जिम्मामा रहेको छ ।
सिम्ता गाउँपालीका र बन्गाड कुपिण्डे नगरमा जति पनि जन निर्वाचि जन प्रतिनिधीहरु अहिले पछुताई रहेका छन् । भए भरको अधिक खर्च चुनावी प्रचार प्रसार समयमा लागेकोले अहिले आएर उनिहरु गल्ती भएको महशुस गरि रहेका छन् । आएती लुहारको समस्या जस्तै अधिकांस वडा सदस्यहरुको दुखेसो तेस्तै खालको छ । रोजगारीको लागि भारत जाउँ त भोली फेरी अर्को समस्या होला । जनताको सेवा गर्ने भन्नेर चुनाव लरियो अव आफ्नै वर्ष भरी खाने गासको समस्या भयो । घरमै वस्ने हो घर खर्च कसरी चलाउने भन्ने पिरोलोमा परेको बन्गाड कुपिण्डे नगरपालीका ४ वडा सदस्या कुल वहादुर खत्रीले वताए ।
चुनाव जिते पछि नागरिकको हरेक समस्यामा सहयोग गर्ने उदेश्य थिया तर घरको समस्या उस्तै हुने भएकोले मजदुरी वाहेक अरु विकल्प नभएको आईती लुहार जस्तै अन्य सदस्यहरुको समेत दुखेसो छ । लुहारको पुर्खेयौली सम्पत्ति केहि छैन । गास,वास,कपासको दैनिक धान्न मजदुरी नै लेखेर ल्याएको उनि वताउँछीन् । दैनिक दिन काम परेमा १ हजार वढि कमाउने गरेकी छन् । तेहि मजदुरीको जोहले घरका सवै समस्या हल भएको उनको भनाई छ ।

प्रतिक्रिया