धामी झाँक्रिको भरपर्दा ३ महिने सुत्केरीको मृत्यु

धामी झाँक्रिको भरपर्दा ३ महिने सुत्केरीको मृत्यु

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला नीवासि ३ महिने सुत्केरी २१ वर्षिया पार्वती वि.क.को बुधबार वेलुकी मृत्यु भएको छ । वि.क. १ महिना देखि विरामी परेको र स्थानीय मेडीकल साथै धामि झाँक्रिको भर पर्दा उनको अकालमै ज्यान गएको छ ।

३ महिनाकी छोरीको भने आमाको मृत्यु पछि विचल्ली परेको छ । विरामी वि.क.लाई औषधी उपचार गर्नुको सट्टा झार फुक र धामी झाँक्रिको विश्वाले गर्दा उनको मृत्यु भएको जनाएको छ । मृर्तकका श्रीमान शरद वि.क भने रोजगारिको लागि कतार पुगेका छन् । ३ महिनाकी सुत्केरी पार्वतीले समयमा उपचार नपाएकोले उनको ज्यान गएको जनाएको छ ।

प्रतिक्रिया