बालबिवाह एवम् दाईजो बिरुद्धका योद्धाहरुलाई सम्मान

बालबिवाह एवम् दाईजो बिरुद्धका योद्धाहरुलाई सम्मान

काठमाण्डौ, श्रावण १९ गते, वालविवाह एवम् दाईजो विरुद्धका योद्धाहरुलाई आज काठमाण्डौमा सम्मान गरिएकोछ । वालविवाह एवम् दाईजो उन्मुलन राष्ट्रिय अभियान नेपालले आयोजना गरेको एक कार्यक्रममा यस क्षेत्रमा लागेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मान पाउनेहरुमा डा. किरण रुपाखेति, डा. राजु वावु श्रेष्ठ, सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा, सिमा के.एम. लगायतलाई सम्मान गरिएको हो ।


जिल्ला एवम् स्थाननीय तहमा वालविवाह एवम् दाईजो विरुद्ध लागेका वाल क्लव, युवा लगायत सरकारी तथा गैसस क्षेत्रवाट सहयोग पुर्याउनेलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रन्जु झा ठाकुरले वाल विवाह र दाईजो वालवालिकाको अभिसाप भएको वताईन । उनले यो मुद्वा क्षेत्रीय नभई राष्ट्रको मुद्दा भएको भन्दै यसको न्यूनिकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताईन । सम्मान कार्यत्रम सचिव केदार वहादुर अधिकारी प्रधान मंत्री एवम् मंत्री परिषद सचिवालयका सचिव केदार वहादुर अधिकारीको अध्यक्षतामा भएका थियो ।

 

प्रतिक्रिया