जिसस सबै पदाधिकारीमा एमाले निर्वाचित

          |   प्रकाशित मितिः सोमवार, साउन २३, २०७४     ::: 373 पटक पढिएको   |  

दैलेख, साउन २३ – जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्य समेत ९ जना पदाधिकारीका लागि दैलेखमा आज भएको निर्वाचनमा सबै पदाधिकारी नेकपा (एमाले)ले जितेको छ ।
प्रमुखमा प्रेमबहादुर थापा, उपप्रमुख पदमा लक्ष्मीदेबी शाह, सदस्यहरुमा सर्बराज महतारा, चन्द्रकला नोपली, नन्दे खड्का, बालकृष्ण केसी, गीता चन्द, ललितजंग माझी र चन्द्रकला रावल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो ।
जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिका समेत ११ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२ जना मतदाताले जिल्ला समन्वय समितिका १ प्रमुख, १ उपप्रमुख र ७ जना सदस्यहरु निर्वाचित गरेका हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेसंग १४ र नेपाली काँग्रेका ८ जना मात्र मतदाता भएको अवस्थामा एमालेको जित सुनिश्चित भए पनि निर्बिरोध हुन नदिन काँग्रेसले उम्मेदवार हालेको थियो ।
वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा गुराँस र डुंगेश्वर गाउँपालिका एमालेले हारेको क्षेत्रमा जिल्ला समन्वय समिति सदस्य प्रतिनिधित्व गराउने बचन दिए पनि एमाले जिल्ला नेतृत्वले वेवास्ता गरेको भन्दै त्यस क्षेत्रका एमाले कार्यकर्ताले असन्तुष्टी व्यक्त गरेका छन् । प्रतिनिधित्व गराइएका जाति, वर्ग, क्षेत्रको पनि सक्षम व्यक्तिलाई रोकिएको आरोप छ ।

 

 



Leave a comment

Your email address will not be published.


*