वर्षातमा समेत नागरिकता लीनेको घुईचो

वर्षातमा समेत नागरिकता लीनेको घुईचो

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकामा भएको जिल्ला प्रशासन कार्यलय सल्यानको नागरिकता वितरण सम्बन्धी घुम्ती टोलीले आज पहिलो दिनमै २ सय ४४ जनालाई नागरिकता वितरण गरेको छ । सल्लीवजारको देवस्थलमा सञ्चालीत उक्त शिविरमा सयौ नागरिक नागरिकता लिनको लागि विहानै देखि लाईनमा बसेका थिए ।

विशेष गरि महिलाहरु विहानै देखि दुधे बालक पिठीयुमा बोकेर टाढा टाढाबाट नागरिकता वनाउन आएका छन् । भिडलाई व्यवस्थीत गर्न सुरक्षा कर्मि र जिल्ला प्रशासन कार्यलय सल्यानका कर्मचारीलाई हम्मे हम्मे परेको थियो । वेलुकि ७ वज्दा समते बन्गाड कुपिण्डे वासिहरु नागरिकताको लागि लाईनमा वसेका थिए । २ दिन सम्म चल्ने उक्त सेवामा नागरिकता वितरणको मात्रै सेवा दिएको छ । अन्य समयमा एकिकृत घुम्ती सेवा रहेको हुन्थ्यो भने यस पाली जिल्ला प्रशासन कार्यलयको मात्रै नागरिकता वितरण कार्यक्रम भएको जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिनु भएको छ ।

अविरल वर्षातमा पनि यहाँका नागरिक नागरिकता वनाउन निक्कै टाढाबाट पैदल हिडेर समेत नागरिकता वनाउन आएको वताएको छ । नागरिकता लिनेको यस क्षेत्रमा उल्लेख्य संख्या रहेको जनाएको छ । त्यसै गरि मतदाता परिचय पत्र वनाउनेको पनि आज निक्कै भिड रहेको वडा कार्यलयलले वताएको छ । अर्को तर्फ सल्यानको सल्लीवजारमा उद्योग वाणिज्य संघ सल्यान,घरेलु तथा साना उद्योग र आन्तरिक राजश्व कार्यालय दाङ्गले राजश्व संकलन,पसल दर्ता लगाएतको कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया