खानेपानी उपभाेक्ता समितिकाे वार्षिक साधारण सभा सम्पन्न

खानेपानी उपभाेक्ता समितिकाे वार्षिक साधारण सभा सम्पन्न

श्रावण २६, दैलेख कोयाँसी धारा खानेपानी तथा सरसफाई उपभोत्ता समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष कलम वहादुर खनालको अध्यक्षतामा मिति २०७४ श्रावण २५ गते कोयाँसी धारा खानेपानी तथा सरसफाई उपभोत्ता समितिको वार्षिक साधारण सभा भएको हो ।


कार्यक्रममा कोयाँसि धारा खानेपानी तथा सरसफाइ योजनाका सम्पुण उपभोक्ता तथा दुल्लु न पा. ३ का नव निवाचित वडा अध्यक्ष र उपभोक्त समितिको सहभागीता रहेको थियो । कार्यक्रममा समितिका अध्यक्ष एवम नव निवाचित वडा अध्यक्ष कलम बहादुर खनालले योजनाको आर्थिक आयव्यव प्रस्तुत गर्दै यो योजनाले आफ्नो समुदायका मानिसहरुलाई र स्वयम् आफुलाइ पनि सचेत बनाउको बताउनु भयो । उहाले थप्नु भयो “जलश्रोत व्यवस्थापन कार्यक्रमले पानी मात्र हैन नेतृत्व विकास पनि गर्दोरहेछ ।” र्काक्रममा मर्मत सम्भार कोष बपतको ग्रामिण र्ममत कार्यकर्ता लाइ पारीश्रमिक दिइ रु ५९ हजार चार सय अठासी बचत रहेको बताउनु भयो । कार्यक्रममा सम्पुर्ण उपभोक्ताहरुले निवर्तमान अध्यक्ष कलम बहादुर खनाललाई वडामा सफल कार्यकालको शुभकामना सहित योजना समितिको अध्यक्ष पद बाट विदाइ गरेका थिए । नयां अध्यक्ष शिवराज जैसीलाइ स्वागत गरेका थिए । कार्यक्रममा खानेपानी उपभोक्ताहरुले खानेपानी दिगो र निरन्तरताका लागि मिटरको प्रयोग गर्ने निणय गरेका थिए । कार्यक्रममा सहजिकरण गर्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका फिल्ड निरिक्षक महेन्द्र राज अधिकारीले नयंँ समितिको पहलले दुल्लु नपा ३ लाइ भाद्र भित्र नै पुर्ण सरसफाइ वडा घोषण गर्नु पर्ने वताए । निबर्तमान अध्यक्ष स्वयम् वडाध्यक्ष रहेकाले सरसफाइ वडा घोषण छिटै हुने सम्पुण समुदायको भनाइ थियो । कार्यक्रममा योजना लाई दिर्घकालका लागि उपभोक्ता समिति पुर्ण जिम्मेवार रहने प्रतिबद्धता गर्ने निणर््ाय भएको अध्यक्ष जैसीले वताए ।

प्रतिक्रिया