मलेसियामा नेपाली मृत फेला

मलेसियामा नेपाली मृत फेला

दैलेख, साउन ३२ – वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक जना नेपाली सडकमा मृत फेला परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका–४ जगनाथका ३६ वर्षीय पदमे दमाई जोहोरबारको कुलाङ्गमा ५ दिन अघि मृत फेला परेका त्यहाँबाट किशोर मल्लले जानकारी दिनुभएको छ ।
पाकेटमा नेपाली नागरिकता फेला परेपछि मृतक पदमे दमाईको परिचय खुलेको हो । ६ वर्ष अघि मलेसिया पुग्नु भएका पदमे दमाई भिसा सकिएपछि पनि लुकेर काम गर्दै आउनु भएको थियो । काम गर्दा बेला भन्दा बाहिर अर्थात ‘रन आउट’मा हुनु भएकोले मृतकको सव नेपाल पठाउन कठिन भएको मल्लले बताउनुभयो ।
उहाँले मलेसियास्थित नेपाली राजदूताबासले सहयोगी भूमिका नदेखाएको जनाउँदै नेपालमा परराष्ट्र मन्त्रालय मार्फत पहल गरे मात्र लास नेपाल पठाउन सजिलो हुने भीमबहादुर थापाले जानकारी दिनुभयो । तीन वर्ष अघि घरमा दुई छोरा र दुई छोरी छोडेर श्रीमति अन्यत्रै विवाह गरेको खवर पाएपछि पदमे दमाई भिसा सकिएपछि पनि मलेसियामै बस्तै आउनुभएको थियो ।

प्रतिक्रिया