यसरी बनाउनुस् मीठो स्ट्रबेरी चकलेट

यसरी बनाउनुस् मीठो स्ट्रबेरी चकलेट

काठमाडौं, २ भदौ — बच्चाहरूलाई केक, चकलेट र आईसक्रीम खुबै मन पर्छ । घरैमा चकलेट बनाएर बच्चाहरूलाई खुवाउनुस् न । यहाँ हामी स्ट्रबेरी र चकलेटबाट बनेको खानेकुरा बनाउन सिकाउँछौं ।


सामग्री

चार पाँच स्ट्रबेरी
डेढ कप कोरिएको नरिवल
एक चौथाइ कप म्यापल सिरप
डेढ सय ग्राम नरिवल क्रीम
दुई चम्चा नरिवलको तेल
एक चम्चा भनिला
२०० ग्राम डार्क चकलेट

विधि
सबभन्दा पहिले स्ट्रबेरी कहीबेरसम्म फ्रीजमा राख्नुस् र कडा बनाउनुस् । त्यसपछि त्यसलाई पिँधेर धूलो बनाउनुस् ।

अर्को बाउलमा नरिवल, म्यापल सिरप, नरिवल क्रीम, भनिला र नरिवलको तेल मिलाएर घोल्नुस् ।

अब त्यसमा स्ट्रबेरीको धूलो मिसाउनुस् र हातैले यी सबै मिश्रणलाई सानो चकलेटको आकार बनाउनुस् । स्ट्रबेरी बार बनेपछि केही समयका लागि फ्रीजमा राख्नुस् ।

अब चकलेटलाई एउटा बाउलमा राखेर माइक्रोवेभमा पग्लनका लागि राख्नुस् ।

चकलेट पग्लेपछि तयारी अवस्थाको स्ट्रबेरी बारलाई फ्रीजबाट निकाल्नुस् र एक एक गर्दै चकलेटमा चोप्नुस् र अर्को प्लेटमा राख्नुस् ।

यसरी सबै स्ट्रबेरी बारलाई प्लेटमा राखेपछि केही समयका लागि फ्रीजमा राख्नुस् । यसो गर्दा चकलेट मज्जाले सेट हुन्छ ।

लौ, तपाईंको स्ट्रबेरी चकलेट बार तयार भयो ।

एजेन्सी

प्रतिक्रिया