दैलेखमा महिला हिंसा कायमै

दैलेखमा महिला हिंसा कायमै

दैलेख, भदौ ९ – जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले दैलेखमा महिला हिंसा विभिन्न स्वरुपमा अझैं कायम रहेको भन्दै यसको रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।


रोलर तथा यूएनडीपीको सहयोगमा महिला सशक्तिकरण मञ्चले हिंसा पीडित महिलाको न्यायमा सहज पहुँच कार्यक्रमको आज सदरमुकाममा भएको परिचयात्मक कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
न्यायाधीश पण्डितले किशोरावस्थामै विवाह गर्ने र जान्नेबुझ्ने भइसकेपछि सम्वन्ध विच्ेछद गर्ने क्रम बढेको उल्लेख गरे । सानैमा विवाह गरेका कारण विवाह दर्ता नभएको, जन्मेका बच्चाको जन्मदर्ता गराउन समेत नसकेको अवस्थामा अंश दिलाउन अदालती मुद्दामै कठिनाई भएको उनले सुनाए ।
त्यसबखत जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले गैरसरकारी संघ संस्थाले जनचेतनाको औपचारिक कार्यक्रमसंगै प्रत्यक्ष भौतिक सहयोग पुग्ने कार्यक्रमहरु तय गर्नुपर्ने सुझाव दिए ।
महिला सशक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राधा मल्लले सेप्टेवरदेखि आउदो डिसेम्वरसम्म ४ महिनामा २५ लाख रुपैंयाँका हिंसा पीडित महिलालाई कानूनी सहयोग सम्वन्धी गरिने कार्यक्रम बारे जानकारी दिए ।
कार्यक्रममा जिल्ला सरकारी वकील कौशल ढु्ंगाना, सामाजिक कानूनी सहायता केन्द्रका जिल्ला संयोजक मातृका खनाल, सामाजिक सेवा केन्द्रका अध्यक्ष मञ्जू खड्का समेत हिंसा पीडित महिलाको न्यायमा सहज पहुँच कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया