छाउपडी समस्या सबैको साझा समस्या

छाउपडी समस्या सबैको साझा समस्या

खलंगामा हमलाकी लेखिका मदन पुरस्कार विजेता राधा पौडेलले महिला महिनावारी हुँदा घर भन्दै अलग्गै गोठमा बसाल्ने छाउपडी प्रथा सामाजिक कृुरीति र विसंगती भएको बताउन्ुभएको छ ।


महिला बालबालिका कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक), राधा पौडेल फाउण्डेशन, इन्सेक,जिल्ला समन्वय समिति, नारायण नगरपालिका लगायतका सरोकारवालाहरुको आयोजनामा भएको कार्यक्रममा महिलाले विभेद भोगे पनि यो सबैको साझा समस्या भएको उहाँले धारणा राख्नुभयो ।
महिला महिनावारी हुनु जैविक प्रक्रिया भएको र महिनावारीपछि मात्र प्रजनन् सम्भव हुने भएकोले यसलाई हर्ष वा उत्सवको रुपमा लिनुपर्नेमा धार्मिक अन्धविश्वास, सामाजिक कुचलनका कारण पाप वा अपवित्र भनी व्याख्या गरिएकोमा आपत्ति पौडेलले जनाउनुभयो ।
महिनावारीको बेला छोइछाई भएको वा यस्तै अरु गल्तीहरुप्रति पश्चाताप व्यक्त गर्ने र ३ सय ६५ पटक नुहाउने पुरातन प्रचलन अवैज्ञानिक र अन्धविश्वास मात्र भएको मदन पुरस्कार विजेता पौडेलले टिप्पणी गर्नुभयो ।
दुई महिना अघि गाउँगोठमा सर्पले टोकेर चामुण्डा बिन्ध्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको ज्यान गएको घटनापछि सिर्जना भएको परिस्थिति र सामाजिक जागरणको अवस्था बुझ्न उहाँले आफ्ना ८० वर्षका पिता देबीप्रसाद पौडेललाई समेत लिएर ५ दिन त्यही गाउँमा विताउनुभयो ।
पिता देवीप्रसाद पौडेलले राधाले स्टाफ नर्स पढ्नु अघि महिनावारीको विरोध गरे पनि आफूले धार्मिक विश्वासको कुरा सुनाउने गरेको तर पछि छोरीले नियमित रुपमा भन्ने गरेकी र स्वास्थ्य विज्ञानको तर्क दिए पछि ८० वर्षको हुँदा पनि उनकै अभियानमा सहयोगी बनेको सुनाउनुभयो ।
दैलेख सदरमुकाममा भएको मर्यादित महिनावारीको अवधारणा, कानूनी व्यवस्था, सामाजिक सचेतना अभियान सन्दर्भमा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति खेमराज केसी लगायतका नागरिक समाजका अगुवा तथा पेशाव्यवसायीहरुले पनि खुला छलफलमा भाग लिनुभएको थियो ।

 

प्रतिक्रिया